• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विनास्रोतको समाचार दिएनौँ : भैरव रिसाल


  •   सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
  • मैले राससमा २०२० साल भदौदेखि काम शुरु गरेको हुँ । तपाईँहरु अहिले काम गर्दा कति स्वतन्त्रता उपभोग गर्नुहुन्छ मलाई थाहा छैन तर हामीले काम गर्दाखेरि खुब स्वतन्त्रताको उपभोग गथ्र्यौँ । पञ्चायती व्यवस्था भए पनि स्वतन्त्र हिसाबले काम गथ्र्यौँ । यो चाहियो त्यो चाहियो भनेर मन्त्रीसँग बाझ्थ्यौँ । बजेट आउने बेलामा जहिले पनि कचकच हुन्थ्यो । मन्त्रालयले थोरै दिन्थ्यो, हामी धेरै माग्थ्यौँ । बजेट पेश भएको भोलिपल्ट पत्रकार सम्मेलन हुन्थ्यो । त्यस बेला म मन्त्रीसँग राससलाई बजेट कम भयो, थप्नुहुन्छ कि हुन्न भनेर प्रश्न गर्थें । धेरैजसो थपिन्थ्यो । त्यस बेला यादवप्रसाद पन्त, भेषबहादुर थापाजस्ता अर्थमन्त्री थिए ।

    Advertisement

    रासस र सरकारको नजीकको सम्बन्ध थियो । राससको कार्यालय भवन बनाउनका लागि पनि निकै सङ्घर्ष भयो । सरकारसँग झगडा गरेरै बजेट ल्याई भवन बनायौँ ।  जग्गा लिन र घर बनाउन पैसा चाहियो । पैसा निकै कष्टले सङ्कलन गरियो ।   राससमा गाडी पनि थिएन । प्रधानमन्त्री जहाँ जान लागे पनि मलाई लिन आउनुहुन्थ्यो । फर्किँदा पनि कार्यालय नजीकै ल्याइदिनुहुन्थ्यो । मेरो जीवनकालमा राससमा रहेर काम गर्दाका धेरै रोचक सन्दर्भहरु छन् ।

    पञ्चायती व्यवस्थामा बजेट यो दिन आउने भनेर मैले समाचार लेखेँ । यति बजेट आउँदैछ भनेर लेखेको पनि होइन ।  त्यो कुरा राष्ट्रिय पञ्चायतका सदस्यलाई मन परेन । राससले नियम मिच्यो भनेर धुनधान गरे । राससलाई कारवाही गर्ने भने । मैले भनेँ, “राससलाई किन कारवाही गर्ने ? समाचार मैले लेखेको हो । मलाई कारबाही गर्नू ।” पछि कारबाही गर्नतिर चाहिँ गएनन् ।

    राष्ट्रिय पञ्चायत अधिवेशनमा रिपोर्टिङ गर्न दिइँदैनथ्यो । उनीहरुले नै समाचार दिन्थे । जनमतसङ्ग्रहपछि हामीले रिपोर्टिङ गर्न पायौँ  तर उनीहरुलाई देखाएर समाचार लेख्नुपथ्र्यो । उनीहरुले सहयोग गर्थे । बुद्धरत्न शाक्य, गोरक्षबहादुर न्हुच्छे प्रधानले हामीलाई समाचार दिनुहुन्थ्यो । रासस र सरकारबीच मित्रता थियो । राससले त्यस बेला राज्यबाट धेरै लियो, झगडा गरेरै लियो । अन्तरद्वन्द्व र अन्तरविरोध सँगै गएको थियो तर राम्रो काम भएको थियो ।

    मैले राससको जति तलब खाएँ, त्योभन्दा बढी मैले राससलाई दिएँ भन्ने मलाई लाग्छ । मैले राससमा करीब २२ वर्ष काम गरेँ । तलबको सबै मूल्य तिरेँ । मेची अञ्चलको काँकरभिट्टामा चार कठ्ठा जग्गा हामीले लियौँ । त्यसको मूल्य अहिले हिसाब गर्नुस्, कति हुन्छ ।  पोखरामा पनि राससको भवनका लागि जग्गा लियौँ । वीरगञ्जमा हुलाकको कार्यालय लियौँ । जनकपुरमा घर बनायौँ । लहानमा घर बनायौँ । विराटनगरमा घर बनायौँ । राससलाई मैले सकेको योगदान गरेको छु । अझ मैले रासससँग मेरो योगदानवापत लिनुपर्छ भन्ने मलाई लाग्छ ।

    स्रोत उल्लेख गर्ने विषयमा पनि रोचक प्रसङ्ग छ । एक पटक सरकारले नून, चिनी, मट्टितेलमा भाउ बढाउन खोजेछ । त्यो सूचना मलाई थाहा भयो । समाचार दिएँ । मलाई साह्रै गाल प¥यो । त्यस बेला मकरबहादुर बान्तवा अञ्चलाधीश हुनुहुन्थ्यो । उहाँले एक बोरा चिनी किनेर लानुभएछ । मलाई बजारमा अभाव छैन भनेर समाचार लेख्नू भन्नुभयो । त्यस बेला डा पुष्करनाथ पन्त अर्थसचिव, रामबहादुर रावल सञ्चारसचिव हुनुहुन्थ्यो । उहाँहरुले स्रोत उल्लेख नगरीकन बजारमा नून, चिनी र मट्टितेल अभाव छैन भन्दिनू भन्नुभयो । मैले स्रोतविना समाचार दिदैँनौ भनेँ । त्यस बेला स्रोत उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सरकारसँग धुनधान नै झगडा हुन्थ्यो ।

    स्रोत उल्लेख गर्ने विषयमा अर्को प्रसङ्ग पनि छ । जनमतसङ्ग्रहको घोषणा भयो । स्याङ्जामा नेपाली कांग्रेसका सभापति बिपी कोइराला जाँदा गोली चलेर एक जना मान्छे मरे । राज्यले स्रोत उल्लेख नगरी मान्छे मरेको छैन भनेर समाचार दिन दवाव दियो  तर हामीले जति दवाव दिए पनि विनास्रोतको समाचार दिएनौँ । मैले काम गर्दासम्म अडान लिएँ विनास्रोत समाचार दिदैनौँ भनेर ।

    पञ्चायतकै बेलामा भैरव रिसालले गलत समाचार दिन्छ भन्ने भ्रमपूर्ण हल्ला पनि चलाए । त्यस बेला सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । विरोधमा समाचार आउँथ्यो । रुपचन्द्र विष्ट मेरो परम मित्र, हामी क्यान्टिनमा सँगै चिया खान्थ्यौँ, कुराकानी हुन्थ्यो । थापाले विष्टसँग मिलेर भैरवले मेराविरुद्ध गलत समाचार दिन्छ भनेर भन्नुभएछ । पञ्चायतको बैठक भोलिदेखि शुरु हुँदै थियो । रासस, रेडियो नेपाल र गोरखापत्रका हाकिम बोलाए थापाले र भने, “भैरवलाई डाइलुट गर्न सक्दिन, रिपोर्टिङमा नपठाउनुस् ।” त्यसपछि मलाई डेस्कमा सारे । म त्यस बेला प्रमुख समाचारदाता थिएँ । पञ्चायतको समाचार सङ्कलन गर्न नदिए  मलाई जागीरबाटै बिदा दिनू नि भनेँ  तर सम्पादन शाखामा सरुवा गरिएको सात दिनभित्र  थापालाई महाभियोग लाग्यो । अनि राधेश्याम विष्टले समाचार सङ्कलन वा सम्पादन कहाँ  काम गर्ने भनेर सोध्नुभयो । तीन महिना सम्पादन शाखामा काम गरेर फेरि समाचार सङ्कलनमा फर्किएँ । म राससको जागीर धेरै जुधेर खाएको मान्छे हो ।

    रासस सरकारको मिडिया हो । सरकारको भनाइ जस्ताको तस्तै दिनुपर्छ भन्ने मलाई लाग्छ । यो राज्यको संस्था हो । जस्ताको तस्तै दिने तर टिप्पणी पनि दिन पाउनुपर्छ भन्ने मेरो माग थियो । त्यो कहिले सम्भव भयो, कहिले थिएन ।

    थापा पछिल्लो पटक प्रधानमन्त्री हुँदाको अर्को पनि प्रसङ्ग छ । हेटौडामा एउटा कार्यक्रम रैछ । हेलिकप्टर सुपारीटार भन्ने ब्यारेकमा झ¥यो । थापा, उहाँको बडी गार्ड र म मात्र थियौँ । थापाले मलाई एक पटक देखाएर मात्र समाचार दिनू भन्नुभयो । मैले मेरो अक्षर राम्रो छैन भनेँ । त्यसो भए समाचार लेखेर मकहाँ आउनुस् भन्नुभयो । मैले समाचार लेखेर हतारहतार लगेँ । उहाँले हेर्नुभयो । एउटा अक्षर संशोधन गर्नुभयो । त्यसपछि मलाई पूर्ण विश्वास गर्नुहुन्थो । पछि समाचार देखाएर छाप भन्नुभएन ।

    बिपी, तुलसी गिरी, मरीचमान सिंह राजनीतिक मान्छे हुन् । मेरो विचारमा अरु राजनीतिक मान्छे होइनन् । उहाँहरुको बहुत राम्रो विश्लेषण हुन्थ्यो ।

    एक पल्ट राजदरबारले पञ्चायत नीति तथा जाँचबुझ केन्द्रका लागि नामको सूची पठाइदेऊ भनेछ । सिंहले तीन थरि उत्तम, मध्यम र कमजोर मानिसको सूची पठाउनुभएछ ।  छनोट हुने बेलामा सबभन्दा कमजोर परेछ । सिंहमा राजालाई गाल पार्नुहुँदैन भन्ने सोच थियो । सिंह राजनीतिक मान्छे भए पनि उनकै पालामा दश महिना थुनामा परेँ । थुनामा पर्नु अर्कै प्रसङ्ग छ । राससबाट मैले राजीनामा दिएपछि एउटा साप्ताहिक पत्रिकामा ‘एशियाली मापदण्ड ः मन्त्रिमण्डलको खाने भाँडो’ भनेर लेख लेखेँ । अनि राजकाज मुद्दा लगाइएर दश महिना थुनामा परेँ । जनमतसङ्ग्रहपछि सुधारिएको पञ्चायत आउला भनिठानेको त  बिगारिएको पञ्चायत पोे आयो । मलाई रासस साँघुरो लाग्यो । विसं २०४२ वैशाख १ गते राजदरबारमा सुशोभन समारोह थियो । भोलिदेखि रासस छाड्दैछु भनेर जानकारी गराएँ । अनि वैशाख २ गते राससबाट राजीनामा दिएँ ।

    अब रासस सरकार र जनता दुवैको आवाज हुनुपर्छ । जनताले अझै पनि दुःख पाएको छ । निर्मला पन्त, भागरथी भट्टका अपराधी पत्ता लाग्न सकेको छैन । राज्यले सञ्चालन गरेको हुनाले राज्यको भनाइ  दिनु नै प¥यो । जनता र राज्य दुवैप्रति राससको कर्तव्य छ । दुवैलाई मिलाएर लैजाने राससको चुनौती हो । बुद्धि, बर्कत लगाई  इमान्दार भएर काम गर्नुपर्छ । अहिले पनि म राससमा लेखिएका समाचारहरु पढ्छु ।  केहीमा रासस लेखिएको हुन्छ, केहीमा हुँदैन । स्रोत कोड गर भन्नेमा त्यो बेला पनि द्वन्द्व थियो । त्यति बेला बिग्रियो भने पनि राससलाई दोष आउँछ भन्यौँ तर हामीले पैसा तिरेर समाचार छापेका छौँ, स्रोत लेख्नैपर्छ भन्ने छैन भन्ने जवाफ दिन्थे ।

    त्यस बेला हामी काम धेरै गथ्र्यौं,  सुविधा कम पाउँथ्यौँ । अहिले सुविधा धेरै लिने तर काम कम गर्ने प्रवृत्ति आयो । रासस मात्र होइन अन्य ठाउँमा पनि त्यस्तै छ । राससमा  चित्त नबुझे तत्काल राजीनामा दिएर जाने खालको नेतृत्व हुनुपर्छ, जागीरको लोभ गर्नु हुँदैन । रासस पार्टीको होइन, राज्यको हो, जनताको हो । राससले एक काखमा जनता र अर्कातिर राज्य राख्नुपर्छ ।

    (लेखक राससका पूर्वप्रमुख समाचारदाता हुनुहुन्छ । प्रस्तुत लेख रासस हीरक वर्ष प्रवेशका पूर्वसन्ध्यामा कुराकानीमा आधारित भई लेखिएको हो ।) रासस

    सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने
    प्रधानमन्त्री कार्कीले भनिन्: दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ
    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.