हेटौंडा ।नेकपा एमाले बागमति प्रदेशको मुख्य सचेतकमा दिपक निरौला नियुक्त भएका छ्न।निरौलालाई मुख्यमन्त्री डोरमणी पौडेलले उक्त पदमा नियुक्त गरेका हुन।
मुख्यमन्त्री पौडेलले गत बैशाख १५ गते बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन मुख्य सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपश्चात उक्त पद रिक्त भएको थियो।
रिक्त उक्त पदमा मुख्यमन्त्री पौडेलले नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम गत बैशाख १७ गते प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
निरौलालाई १७ गते मुख्य सचेतकमा नियुक्त गरेको भएपनि बागमती प्रदेशसभा सचिवालयमा भने जानकारी गराइएको थिएन् ।
नेकपा एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला मनोनीत
नेकपा एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला मनोनीत
तपाईको प्रतिक्रिया
