भरतपुरको प्राईम कमर्सियल बैँकमा आगलागी भएको छ। बिजुली सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ।
प्रहरी टोली, कालि बहादुर गण भरतपुरको नेपाली सेनाको टोली र भरतपुर महानगरपालिकाको दम्कलको सहायतामा उक्त आगो बेलुका ६:१५ बजे पछि पुर्ण रुपमा नियन्त्रणमा आएको थियो।
उक्त बैंकको काउन्टरमा रहेको कम्पयुटर , प्रिन्टर लगायत फर्निचर लगायतका सामानहरु पुर्ण रुपमा जलेका छन्। क्षतीको पुर्ण बिवरण आउन बाँकी रहेको छ ।
