नेपाली युवा उद्यमी मंच चितवनको अध्यक्षमा राजेश गौतम चयन भएका छन।
भर्चुअल माध्यमबाट शुक्रवार गरिएको चौथो साधारण सभा तथा अधिबेशनबाट बर्ष २०२१ – २२ का लागि गौतमलाइ अध्यक्षमा सर्बसम्बत चयन गरिएको हो।
यस्तै मंचको प्रथम उपाध्यक्षमा सुर्य भक्त अधिकारी र दितिय उपाध्यक्षमा बिकल दाहाल चयन भएका छन । सो अधिबेसनले अन्य सदस्यहरुमा गोपाल गौतम ,उमेश श्रेष्ठ ,सन्तोष कंडेल ,निसान पौडेल ,सुमन कोइराला ,मधु सापकोटा र सुमन पौडेललाई निर्बाचित गरेको थियो।
चितवनमा नेपाली युवा उद्यमी मंचले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । मंचमा चितवनका ५० भन्दा बढी युवा ब्यबसाहीहरु सदस्य रहेका छन।
कार्यक्रम मंचका केन्द्रिय अध्यक्ष प्रकाश देब पालिखेको प्रमुख आतिथ्य र कृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।
