

चितवन। जेष्ठ २।चीनको उहान शहरबाट सुरु भएको कोभिड १९ को पहिलो चरण बिश्वभरिका देशहरुलाई समेत नराम्रो प्रभाव पारेको थियो। जस्को असर हाम्रो देश नेपालमा पनि पर्यो ।कोभिडकै कारण चलायमान रहेको अर्थतन्त्र जताततै ठप्प भयो ।नेपाल भारत सिमा बोर्डर खुल्ला भएकै कारण नेपालमा भारतिय आगमनलाई निषेधित गर्नै सकेन जसकारण नेपालमा कोभिड संक्रमणको संख्या पनि तीब्ररुपरुपले फैलिदै गयो।पहिलो लक्डाउन पछि केहिमात्र खुलेका उद्योग धन्दा ब्यापार ब्यबसाय शिक्षा स्वास्थ्य ,अर्थतन्त्र चलायमान हुन नपाउदै फेरि दोस्रो चरणको लकडाउन सुरु भयो ।
जस्को प्रभाब यति बेला सबै क्षत्रमा परेको देखिन्छ तर पनि मजदुरी गर्नेहरुको लागि भने लकडाउनले प्रभाव त्यति नपारेको जस्तो भनिए पनि प्रभाव उत्तिकै परेको आमजनमानसको गुनासो छ। दोस्रो चरणको लकडाउन कहिले सम्म रहला यस्तै भन्न सक्ने अवस्था छैन यस्तो अवस्थामा खाद्य समस्या अक्सिजन धेरै मात्रामा अभाव हुदैछ। यस्तो विषम परिस्थितिमा नेपालमा रहेका सामाजिक सस्था र अभियान्ता हरुका तर्फबाट आफ्नो ज्यान बाजि लगाएरै पनि अप्ठ्यारोमा परेकाहरुलाइ सहयोग गर्दै आइरहेका छन ।
सेभ द माइन्ड नेपालले पनि हालका दिनहरुमा त्यसमा सबै भन्दा प्रभावित चाहिँ दृष्टि बिहिन अपांग ता भएकाहरु, समलिङ्गी तेस्रोलिङ्गी सडकमानवहरु वृद्ध बृदाहरुलाई परेका समस्याहरु घर घरमै पुगि औषधी, खाद्यान्न लगायतका आवश्यक सम्पुर्ण चिज घर घरमै पुर्याउने गरेको छ । सस्थाले दोस्रो लकडाउनमा सामाजिक सस्थाहरु मध्यमा वृद्धवृदाहरु समलिङ्गी तेस्रोलिङ्गी दृष्टिबिहिन तथा बेसाहाराको साहारा बनी खाद्यान्न ,औषधी ग्यास लागायतका आवश्यक सहयोग गर्दै आइरहेको छ र अब फुड ब्याङक सन्चालनमा ल्याउने तयारिमा रहेको साथै मौसमी बर्षात सुरु हुने समय भएको हुदा अब आइपर्न सक्ने कुनै पनि बिपत्ती या प्रकोपमा सस्था र ब्यक्तिगत तर्फबाट सबै प्रकारका सहयोगका लागि आफू र सस्था तयार रहेको सस्थाकी अध्यक्ष पुजा भुसाल बताउनुहुन्छ। निषेधाज्ञाका कारण भोकभोकै बस्न बाध्य उनीहरुलाई भोकै बस्न नपरोस भन्ने आसयले सेभ द माइन्ड नेपालमार्फत हाल अमेरिकामा रहनु भएका राजिभ प्रसाद श्रेष्ठ जो पेसाले एरो स्पेस इन्जिनियर हुनुहुन्छ भने श्रेष्ठ समाजसेबि र हाल केहिसमयपछी हुन लागेको एन आर एन ए को कोषअध्यक्षको दावी गर्दै प्रतिस्पर्धिमा हुनुहुन्छ।
समाजसेवी श्रेष्ठले नेपाली भुमिमा प्रलय बिपत्ती हुदा आफू अमेरिका हुदा नेपालको अवस्था हेरेर छट्पटाहट हुने गरेको ले पनि बिस्वासिलो सस्था ब्याक्तिमार्फत आफुले सहयोग को पहिलो कदम चालेको बताउछन। उहाका तर्फ बाट कालिका नगरपालिका १० मा रहेको सुनौलो किरण द्वारा सन्चालित होस्टेलमा दुई दिन देखि विद्यार्थी भोकै भन्ने कुरा सामाजिक सन्जालमा प्रकाशित सुचना देखेपछि ग्यास सिलिन्डर , ग्यास चुलो चामल, नुन, तेल, तरकारी साबुन गरि करिब एक महिनालाई पुग्ने २० हजार बराबरको खाद्यान्न सामाग्री सेभ द माइन्ड नेपाल सस्थाकी अध्यक्ष पुजा भुसालको हातबाट सुनौलो किरण सस्थाकी उपाध्यक्ष लाई हस्तान्तरण गर्नु भएको हो।
होस्टलमा जम्मा ३४ विद्यार्थी रहेका मध् बाट एस इ इ दिने र ८/९ कक्षाका बिध्यार्थीहरु मात्र रहेका छन।उक्त कार्यक्रम्मा विभिन्न सस्थामा आबद्द रहि काम गरिरहनु भएका युवा ब्यबसायी प्रमोद भन्डारी सेभद माइन्ड नेपाल सस्थाकी बोर्ड सदस्य रिता पाठक लगायत को उपस्थिति रहेको थियो।
