चितवनमा कोरोना संक्रमितको संख्या थपिएसंगै मृत्युदर पनि उच्च छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, पछिल्लो एक सातमै जिल्लाका २७ जनाले ज्यान गुमाएका छन् ।
एक सातामा १ हजार २ सय ७२ जना संक्रमित पनि थपिएका छन् । चितवनमा पहिलो पटक एक बर्षअघि जेठ महिनामा भरतपुरका एक बृद्धको संक्रमणबाट मृत्यु भएको थियो । त्यसयता सवैभन्दा धेरै बैशाख महिनामा मात्रै ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । गत कात्तिकमा उच्च विन्दुमा पुगेको मृत्युदर क्रमश घट्दै फागुन महिनामा आउँदा एक जनाको मात्र मृत्यु भएको थियो ।
