• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

१९ दिनमा १० अध्यादेश, ‘संसदीय व्यवस्थाकै उपहास’


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । सरकारले १९ दिनको बीचमा संसद्लाई छल्दै हालसम्म १० थान अध्यादेश जारी गर्नु संसदीय व्यवस्थाकै उपहास भएको कानुनविद्हरूले टिप्पणी गरेका छन् । उनीहरूले तत्काल केही गर्न आवश्यक परेमा मात्र अध्यादेश जारी गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले जथाभावी अध्यादेश ल्याएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

    Advertisement

    तत्काल केही गर्न आवश्यक नभए पनि आफूलाई फाइदा हुने गरी मात्र सरकारले अध्यादेश ल्याएको र त्यस्ता अध्यादेशमध्ये अधिकांश हाल जारी नगरे पनि हुने खालका भएको कानुनविद्हरूको भनाइ छ । उन्नाइस दिनको अवधिमा जारी भएका १० थान अध्यादेशमध्ये एकाधबाहेक हाल आवश्यक नै नभएका सम्बन्धित विज्ञहरूको भनाइ छ ।

    संसद्को अधिवेशन बोलाउनुपर्ने अत्यावश्यक भइसक्दा पनि सरकारले त्यसतर्फ ध्यान नदिई लगातार अध्यादेश जारी गर्दै आएकोमा कानुनविद्ले असन्तुष्टि व्यक्त गरेका छन् ।गत वैशाख २१ गते सरकारले सात थान अध्यादेश जारी गरेको थियो । सोही दिन सरकारले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८ र फौजदारी कसूर अध्यादेश–२०७८ लगायत नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय), यौन हिंसा, औषधि (तेस्रो संशोधन) र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको थियो ।

    प्रधानमन्त्री केपी ओलीले विश्वासको मत गुमाएपछि दोस्रोपटक अल्पमतको सरकार बनाउने बेलामा शपथसम्बन्धी विवाद आएलगत्तै जेठ ६ गते सरकारले शपथसम्बन्धी अध्यादेश–२०७८ जारी गरेको थियो । सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको भन्दै सरकारले सो अध्यादेश जारी गरेको हो ।

    सर्वोच्च अदालत बार एसोसिएनका सचिव ऋषिराम घिमिरेले नेपालको संविधान जारी भएको सात वर्षको अवधिमा शपथसम्बन्धी कानुनको खासै आवश्यकता नदेखिएको तर अहिले सरकारले केका लागि त्यस्तो अध्यादेश जारी गरेको हो भन्नेमा स्पष्ट गर्न नसकेको बताए । त्यसपछि, सरकारले जेठ ९ गते कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ जारी गरेको थियो ।

    मुलुकमा हालको अवस्थामा यस्तो कानुन आवश्यक भए तापनि सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु उचित नभएको कानुन व्यवसायीको धारणा छ ।कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि के–कस्तो उपाय आवश्यक हुन्छ भन्ने सम्बन्धमा संसद्मा छलफल गरेर कानुन निर्माण गरेको भए उचित हुने सर्वोच्च बारका सचिव घिमिरे बताए ।

    समाचार नेपाल समाचारपत्र दैनिकमा बाट ।

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.