काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
माओवादीबाट एमाले प्रवेश गरेका सात मन्त्री पदमुक्त भएपछि प्रधानमन्त्री ओलीले रक्षा, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाई,उद्योग, वाणिज्य तथा आपूर्ति ,सहरी विकास , खानेपानी, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा,युवा तथा खेलकुद गरी आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले सात मन्त्री पदमुक्त भएपछि आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
उक्त मन्त्रालय जनता समाजवादी पार्टी नेपालका नेताहरुलाई दिने प्रधानमन्त्री ओलीको तयारी छ । तर, राप्रपाका अध्यक्ष कमल थापालाई पनि प्रधानमन्त्री ओलीले आफ्नो सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।
यसअघि कमल थापा उपप्रधानसहित परराष्ट्र र गृहमन्त्री भइसकेका छन् । अब प्रधानमन्त्री ओलीलाई उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ ।
विद्यामान राजनीतिक निकास अद्यावधि निर्वाचन रहेको भन्दै प्रधानमन्त्री ओलीको चुनावमा जाने रणनीतिलाई साथ दिएका थापालाई सरकार लैजाने तयारी भएको हो ।
कमल थापालाई सरकारमा लैजाने तयारी भएपछि जसपाको सरकारमा जान ढिलाइ भएको छ । गत शुक्रबार नै जसपा सरकारमा सहभागी हुने तयारी थियो । तर, थापालाई पनि सरकारमा समेट्ने भएपछि जसपा सरकारमा जान ढिलाइ भएको हो ।
परराष्ट्र मन्त्रालयको जिम्मा अध्यक्ष थापालाई दिएपछि प्रधानमन्त्री ओलीले प्रदीप ज्ञवालीलाई गृह, रक्षाजस्ता शक्तिशाली मन्त्रालय दिने तयारी भएको नेताहरुले बताउन थालेका छन् ।
