काठमाडौं – नेपालले आज ताइपेईसँग खेल्दैछ । फिफा विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटको लागि नेपाल र ताइपेईबीच कुवेत सिटीमा राति पौने १० बजे हुँदैछ । आजको खेलमा ताइपेईलाई हराउने लक्षयमा नेपाल छ ।
यसअघि पनि नेपालले ताइपेईलाई हराइसकेको छ । नेपाल जित हासिल गरेर छनोटको चौथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौकामा छ ।
विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका भने नेपाल गुमाइसकेको छ । आजको खेलमा जित निकालमा एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने छ । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा रहेको छ ।
