• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बजेटपछि विद्युतीय गाडीको नयाँ मूल्य


  •   बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
  • काठमाडौं। सरकारले बजेटमार्फत अन्त:शुल्क पूरै र भन्सार घटाएपछि विभिन्न कम्पनीका गाडी बिक्रेताले विद्युतीय गाडीको मूल्य निर्धारण गरेका छन्।

    Advertisement

    सरकारको निर्णयले सबै गाडीको मूल्य घटेको छ। मूल्य घटेपछि भन्सारमा होल्ड भएका विभिन्न गाडी छुटाउने प्रक्रिया समेत सुरु भइसकेको छ भने शोरुममा एक वर्षदेखि थन्किएको गाडी पनि बिक्री हुने अपेक्षामा बिक्रेता छन्। अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले अन्त:शुल्क र भन्सार बढाएका कारण एक वर्षदेखि विद्युतीय गाडीको बिक्री ठप्प थियो। बजेटपछि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी हुण्डाईले सबै विद्युतीय गाडीको मूल्य निर्धारण गरेको छ।

    कम्पनीका निर्देशक निराकार श्रेष्ठका अनुसार कोना सय किलोवाटको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ निर्धारण भएको छ। डेढ सय किलोवाटको कोनाको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ छ। कर बढेका कारण ५० वटा कोना भन्सारमा एक वर्षदेखि थन्किएका थिए।

    महिन्द्राको विद्युतीय गाडी बिक्री गर्दै आएको अग्नि इनर्जीले बजेटपछि इटुओ प्लस गाडीको मूल्य घट्ने जनाएको छ। ‘अन्त:शुल्क घटेपछि हामीले बेच्दै आएको महिन्द्रा इटुओ प्लस र इ-भेरिटोको मूल्य घट्छ। तर हामीले कति घट्छ भन्ने हिसाब गरिरहेका छौ,’ कमपनीका वरिष्ठ कार्यकारी प्रवन्धक प्रमोद भण्डारीले बिजमाण्डूसँग भने।

    इटुओ प्लस १९ किलोवाट र  इ-भेरिटो ३२ किलोवाटको हो।अन्त:शुल्क घटेसँगै कम्पनीले एक सय ४० किलोमिटर क्षमताको इ-केयुभी भित्र्याउने योजना रहेको उनले जानकारी दिए। उनका अनुसार हाल उत्पादन भइरहेको यो गाडी आउँदो पाँच महिनाभित्र नेपाली बजारमा सार्वजनिक हुनेछ।

    कियाको विद्युतीय गाडी बिक्री गर्दै आएको कन्टिनेन्टल एशोसिएट्सले बजेटपछि निरोको मूल्य सार्वजनिक गरेको छ। निरोको नयाँ मूल्य ६९ लाख ६९ हजार रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ। कम्पनीका उपमहाप्रवन्धक अनिश लामिछानेले नयाँ बजेटपछि विद्युतीय गाडीको मूल्य घटेको बताउँदै यसले बिक्री बढाउने अपेक्षा रहेको बताए।

    उनका अनुसार  कम्पनीले आउँदो सन् २०२२ मा नेपाली बजारमा कियाको इभी-६ सार्वजनिक गर्ने योजना बनाएको छ। अन्त:शुल्क घटाएपछि विद्युतीय सवारीसाधनको बजार प्रवर्द्धनमा  थप टेवा पुग्ने टेस्ला गाडी भित्र्याउँदै आएको अरिती इन्टरनेशनलले जनाएको छ। करिब एक वर्ष अगाडि यो कम्पनीले नेपालमा टेस्ला मोडल-३ सिरिजको गाडी नेपाल भित्र्याएर बिक्री सुरु गरेको थियो।

    ‘सरकारले थोरै क्षमता भएको गाडीलाई धेरै र धेरै क्षमता भएको गाडी लाई कम छुटको व्यवस्था गरिदिएको छ। क्षमता भएकालाई धेरै छुट दिइएको कारण अब विद्युतीय गाडीको बजार बढ्ने देखिएको छ,’ कम्पनीका प्रबन्धक विनोद श्रेष्ठले भने।

    उनका अनुसार यस अघि एक करोड २५ लाख रुपैयाँमा बिक्री गर्दै आएको टेस्ला मोडल-३ को बजार मूल्य करिब ९० लाख रुपैयाँमा पाइनेछ। उनका अनुसार करिब एक वर्षभित्र कम्पनीले १५ थान गाडी बिक्री गरिसकेको छ।

    विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न कम्पनीले हालसम्म काठमाडौंमा चारवटा, विराटनगर, भरतपुर लगायत क्षेत्रमा चार्जिङ स्टेशन तयार गरिसकेको उनले जानकारी दिए। कम्पनीले नक्सालमा अन्तर्राष्ट्रिय स्तरको सेल्स एण्ड सर्भिससहितको शोरुम तयार गर्दैछ। नक्सालमा एक पटकमा सातवटा गाडी एकैपटक चार्ज गर्न सकिने व्यवस्था रहने उनले जानकारी दिए।

    एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजीका विद्युतीय गाडीको मूल्य निर्धारण गरेको छ। कम्पनीका महाप्रबन्धक सचिन अर्यालले एमजी जेडएसको मूल्य ५० लाख ९० हजार रुपैयाँ निर्धारण गरेको बताए। यसअघि यो गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ थियो।

    टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा टिगोर ल्याउने छ। कम्पनीले दुई वर्ष अगाडि नाडा अटो शोमा विद्युतीय गाडी ‘टाटा टिगोर’ प्रदर्शनीमा राखेको थियो। मुलुकमा विद्युतीय गाडीलाई पुनः बढावा दिइने भएपछि कम्पनीले छिट्टै इभी सेगमेन्टका टिगोर र नेक्सन भित्र्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए। कम्पनीले यतिखेर इभीको बिक्री सुरु गर्नका लागि गृहकार्य सुरु गरिसकेको उनले जानकारी दिए।

    ‘यी दुई गाडी जतिसक्दो छिटो ल्याउनका लागि गृहकार्य गरिरहेका छौं। ग्राहकले गाडी अर्डर गरेलगत्तै समयमै पाउने किसिमले वर्कआउट गरिरहेका छौं। यतिखेर चार्जिङ स्टेशन, जनशक्ति तालिम, आफ्टर सेल्स सर्भिस लगायत तयारी गरिरहेका छौं,’ सीइओ श्रेष्ठले भने। प्रविधि विकास अनुसार पर्फर्मेन्स विस्तार हुँदै गएको अवस्थामा निकट भविष्यमा विद्युतीय गाडीको हिस्सा बढ्ने उनको प्रक्षेपण छ।

    चिनियाँ कम्पनी ग्रेटवाल मोटर्सको विद्युतीय गाडी पनि नेपाल आउँदैछ। एक पटक फूलचार्ज गरेपछि साढे तीन सय किलोमिटर चल्ने यो गाडी सानो छ। भिजी इम्पेक्सले नेपाली बजारमा ल्याउन लागेको यो गाडी बजेटपछि मूल्य २० लाख रुपैयाँको हाराहारीमा आउनेछ।

    ‘नीतिमा स्थिरता चाहिन्छ’
    अन्त:शुल्क पूरै हटाउने र भन्सार घटाउने नीतिको व्यवसायीले स्वागत गरेपनि नीतिगत स्थिरता नभए विद्युतीय गाडी बिक्रीले गति नलिने बताउँछन्। ‘अहिले सरकारले गरेको निर्णय राम्रो छ। तर विद्युतीय गाडीलाई बढावा दिने हो भने नीतिगत स्थिरता चाहिन्छ। वर्षपिच्छे नीति परिवर्तन गरे समस्या हुन्छ,’ लक्ष्मी हुण्डाईका निर्देशक निराकारले भने।

    सरकारले यो पटक १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने साना सवारी साधन निरुत्साहित गर्दै विद्युतीय गाडीलाई बढावा दिने बजेटमा उल्लेख गरेको छ। उनले बजेटमा लिएको नीतिलाई १० वर्षसम्म निरन्तरता दिन सकेमा त्यसले विद्युतीय गाडीमा ठूलो फड्को मार्ने बताए। निराकार विद्युतीय सवारी साधनका लागि आवश्यक सडक र चार्जिङ स्टेशनका लागि समेत लगानी आवश्यक हुने बताउँछन्।

    कोरियास्थित हुण्डाईको मुख्यालयले सन् २०२५ मा २५ किसिमका नयाँ विद्युतीय सवारी साधन उत्पादन गर्ने योजना बनाएको छ। यसैगरी सन् २०४० सम्म वातावरणमैत्री गाडी ‘विद्युतीय र फ्युल सेल’ मात्र उत्पादन गर्ने योजना बनाएको छ।

    यही योजनालाई मध्यनजर गर्दै लक्ष्मी हुण्डाईले आगामी दिनमा विद्युतीय सवारी साधन बिक्रीलाई बढावा दिने उनले बताए।

    चार्जिङ स्टेशन संचालनका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताउँदै निराकारले पेट्रोल पम्पको तुलनामा चार्जिङ स्टेशन संचालन लागत धेरै गुणा महँगो रहेकाले सरकारको सहकार्य खोजेको बताए।

    बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.