• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सत्तारोहणका बेला देखाइएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको उत्साह शून्यमा झर्न थालेको देखिन्छ


  •   आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । राजनीतिक अस्थिरताले मुलुक संकटमा परेको छ । सत्तारोहणका बेला देखाइएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको उत्साह शून्यमा झर्न थालेको देखिन्छ ।

    Advertisement

    प्रधानमन्त्री ओली सत्ता रक्षार्थ गठबन्धन र सरकारविरुद्ध मोर्चाबन्दी विपक्षी दलहरुले बनाइरहेका छन् । तर, जनताको भोक, शोक र अभावमा परेका बेला देखिएको राजनीतिक खिचातानी र अस्थिरता आन्तरिक समस्याको कारण हो या भूराजनीतिकको प्रभाव, यसबारे दल र तिनका नेताहरुको आ–आफ्नै तर्क रहेको छ । तर, कोरोना कहरमा आर्थिक कारोबार ठप्प रहँदा होस् या कोरोनाविरुद्धको खोप आयात गरेर जनतालाई लगाउने कार्यमा होस्, सरकारको प्रभावकारी कार्य देखिएको छैन ।

    केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने र गिराउने खेल चलिरहेको छ । यी कार्यले मुलुक गम्भीर संकट र राजनीतिक गतिरोधमा पिल्सिएको अनुमान लगाउन गाह्रो हुँदैन । तर, यो अवस्था सृजना हुनुुमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारण मानेर पाँच पूर्वप्रधानमन्त्रीहरु चोखिने प्रयास गरेका छन् ।

    गत आइतबार हिमालय टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘यक्ष प्रश्न’मा पत्रकार राजेन्द्र बानियाँसँगको कुराकानीक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूलाई आएको र यसबारे प्रधानमन्त्री ओलीसहित शीर्षनेताहरुलाई समेत जानकारी गराएको बताएका थिए ।

    मुलुकप्रति घात हुन लागेको बताएका उनले कस्तो किसिमको घात हो भन्नेबारे केही खुलाएनन् । आफूलाई पाएको सूचना अहिले नबताउने जिकीर गरेका उनले पछि उपर्युक्त दिनमा सार्वजनिक गर्ने जानकारी दिए । गत पुस ५ गतेदेखि यही जेठ ८ गते प्रतिनिधि सभा विघटन हुँदासम्म मुलुकभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइनअनुसार भएको उनको दाबी थियो ।

    यसको सात दिनपछि शनिबार उनीसहित पाँच पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, र झलनाथ खनालले नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको भन्दै प्रेस विज्ञप्ति जारी गरे ।

    उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’

    press note Ex-PM 1.jpg

    press note Ex-PM 2.jpg

    केही महिना अघि प्रधानमन्त्री ओलीले विदेश शक्तिले आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाएका थिए । प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल भएको बताए पनि कसको खेल हो भन्नेमा स्पष्ट पारेका छैनन् । तर, लामो राजनीतिक संघर्ष र बलिदानपछि प्राप्त राजनीतिक उपलब्धी धरापमा पर्ने गरी भइरहेका राजनीतिक गतिविधि र नेताहरुको सार्वजनिक अभिव्यक्तिले मुलुक संकटमा फसिरहेको अनुमान लगाउन सकिन्छ ।

    देश र पार्टीको नेतृत्व गरेका व्यक्तिहरुले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रहेको बताउँदा तथा त्यो कुन समूह वा देश र व्यक्ति, संस्था हो भन्नेमा नखुलाई सतही रुपमा भनिए पनि यसलाई हल्का रुपमा लिन सकिँदैन ।

    यदी मुलुकलाई अस्थिरतामा धकेल्ने गरी भइरहेका कार्यमा संलग्न व्यक्तिहरुकाबारे पूर्वप्रधानमन्त्रीहरुले सार्वजनिक गर्नुपर्नेछ । अन्यथा प्रधानमन्त्री ओलीलाई गलाउन वा सत्ता च्यूत गराउन मात्रै यस्ता अभिव्यक्ति दिनु मुलुक र जनताप्रति घात हुनेछ । पूर्वप्रधानमन्त्रीहरुले संयुक्त विज्ञप्ति जारी गरेर मुलुकको आन्तरिक मामिलामा बाह्य चलखेल र हस्तक्षेप भएको भनिएको तर्फ प्रधानमन्त्री ओली पनि गम्भीर हुनुपर्ने छ ।

    पूर्वप्रधानमन्त्रीहरुले सचेत गराउँदा गराउँदै कुनै भवितव्य रुपमा राजनीतिक अप्रिय घटना भएका प्रधानमन्त्री ओली जिम्मेवार हुनुपर्नेछ । यसबारे सत्यतथ्य बाहिर पनि सरकार ल्याउनुपर्ने छ । यदी पूर्वप्रधानमन्त्रीहरुको दाबी गलत भएमा उनीहरुले जनतासँग क्षमा याचना गर्नुपर्ने हुन्छ ।

    केन्द्रदेखि प्रादेशिक सरकारमा भइरहेका अस्वभाविक राजनीति व्यवहारले कोरोनाबाट पीडित जनता निराश बनिरहेका छन् । त्यसमाथि मुलुमा बाह्य हस्तक्षेप भइरहेको पूर्वप्रधानमन्त्रीहरुको सार्वजनिक दाबीले झनै चिन्तित् बनाएको छ ।

    आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.