चितवनको गुरुकुल कलेजमा अध्यनरत विद्यार्थी समिप अर्यालले फेसबुक म्यासेन्जरमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउनु भएको छ । मोवाईल अफ भएको समयमा समेत भिडियो तथा फोटो चुवावट गर्न मिल्ने कमजारी पत्ता लगाउनु भएको हो ।
कक्षा १२मा पढ्दै आउनुभएका अर्यालले म्यासेन्जर मार्फत ब्यक्तिका आन्तरिक डकुमेन्ट चुहावट हुनेगरेको पत्ता लगाई रिपोर्ट गरेपछि अर्याललाई फेसवुकले फेसवुक भल्निर्याविलिटि अवार्ड बाट सम्मानित गरेको छ । फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएकोमा ३ हजार १ सय २५ अमेरिकी डलर नगत समेत फेसवुकले प्रदान गरेको अर्यालले बताउनुभयो । अर्याललाई जुन ५ मा बिद्यार्थी अर्याललाई अवार्ड प्राप्त भएको र फेसवुकको हल अफ फेममा २४ औं स्थान प्रदान गरेको छ ।
यो कमजोरी पत्ता लगाउन पाँच मिनेट लागेको उहाँले कालिका एफ.एमलाई बताउनुभयो । सामाजिक सञ्जालका समस्याहरु पत्ता लगाउन लगाएका अर्याललाई फेसबुकले १० औँ पटक सम्मान गरेको हो ।
मेसेन्जर बाट सम्वन्धित व्यक्तिका आन्तरिक डकुमेन्ट चोरी हुने अवस्था रहेको तथ्य पत्ता लगाई आफुले फेसवुकमा रिपोर्ट गरेको उहाँले बताउनुभयो । रत्ननगर नगरपालिका १० स्थायी घर भएका अर्यालले कम्प्युटर विज्ञान विषय लिई गुरुकुल कलेजमा कक्षा १२मा पढ्दै आउनुभएको छ ।
