काठमाडौं – गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको खेलमा क्रोएसियाले सानदार जित निकालेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा क्रोएसियाले स्कटल्यान्डलाई ३-१ गोलले पराजित गरेको हो । उक्त खेलको १७ औं मिनेटमा क्रोएसियाका निकोला भ्लासिचले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ४२ औं मिनेटमा स्कटल्यान्डका क्यालम मक्ग्रेगरले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ६२ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रीचले गोल गरी अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गरे । जितसँगै क्रोएसिया चेक रिपब्लिकलाई पछि पार्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
