काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीको कार्यकर्ता भएर काम गरेको बताएका छन् ।
शनिवार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै देउवाले राष्ट्रपति भण्डारीसँग दुःख लागेको भन्दै सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री ओलीसँग भन्दा आफुलाई राष्ट्रपति भण्डारीसँग दुःख लागेको बताए ।
उनले भने – ‘उहाँले राष्ट्रपतिभन्दा पनि ओलीको कार्यकर्ता भएर काम गर्नुभयो। सबैभन्दा दुखःद् कुरा नै यही छ।’
संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत रहेको भन्दै देउवाले आफुलाई अदालतको विश्वास लागेको बताए । यस्तै ओली अधिनायकवादी भएको पनि उनले बताए।
