काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आज बिहीबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार बिहीबार अपरान्ह ४ बजे राष्ट्रिय सभाको आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको छ ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन सुरु भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेको सुनाउने कार्यसूची छ ।
साथै बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन)लगायत विभिन्न अध्यादेश पेश गर्ने बताइएको छ ।
