• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आइपीओ जारी गर्न लघुवित्त, जीवन बीमा र हाइड्रोपावरसहित २१ कम्पनी लाइनमा, कसको कहिले आउँछ?


  •   शनिबार, असार १९, २०७८ मा प्रकाशित
  • काठमाडौं। आइपीओ निष्कासनका लागि लघुवित्त, जीवन बीमा र जलविद्युत कम्पनी गरि २१ वटा कम्पनी लाइनमा छन्। बाँटफाँट ढिलो आइपीओ खुल्ने क्रम छिटो हुने देखिएको छ।

    Advertisement

    १५ वटा हाइड्रोपावरसहित तीन जीवन बीमा, दुई लघुवित्त र एउटा अन्य समूहको कम्पनीहरु आइपीओ जारी गर्न लाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ। पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने र बाँडफाँट छिटो हुन्थ्यो। अब धेरैको छिटो छिटो आउने भएपछि एउटाको बाँडफाँट र दोस्रो बजार कारोबार सुरु नहुँदै अर्कोको आवेदन खुला हुने भएको छ।

    सेयर बजारमा नयाँ लगानीकर्ता पनि निकै बढेका छन्। दिनदिनै डिम्याट खाता खुल्ने, मेरो शेयर आइडी लिने, टीएमएस युजर लिने पनि बढेका छन्। सेयर आवेदनका लागि अनलाइन प्रणालीले सहज बनाएपछि भर्नका लागि बेंक तथा वित्ती संस्था धाउनैपर्ने बाध्यता हट्दा आवेदकको संख्या अस्वभाविक तवरले बढेको छ। सीमित कित्ताका लागि कयौं गुणा बढी आवेदन परेको देखेर आइपीओ ल्याउन पाइपलाइनमा रहेका कम्पनीहरु पनि उत्साहित देखिएका छन्।

    करिब दुई महिना लामो निषेधाज्ञाका कारण आइपीओ निष्कासनको प्रक्रिया पनि अवरुद्ध भएपछि एकसाथ धेरै कम्पनीको आइपीओ जारी हुने भएको हो।

    अहिले जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट नहुँदै मनकामना स्मार्ट लघुवित्तको आइपीओ बिक्रीमा राखिएको छ भने युनियन लाइफको आइपीओ पनि यी दुई कम्पनीको बाँडफाँट नहुँदै असार २४ गतेदेखि निष्कासन हुने तय भइसकेको छ। यसले पनि आगामी दिनमा एक साथ धेरै कम्पनीको आइपीओ आउन सक्ने संकेत गरेको छ।

    मध्य-भोटेकोसी, तेह्रथुम पावर र युनियन लाइफले आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाइसकेका छन्। यी मध्ये युनियन लाइफले असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कर्मचारी र सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई जारी गर्ने तय भइसकेको छ।

    मध्य-भोटेकोसीको एक अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर स्थानीय प्रभावितलाई बिक्री खुला गरिसकेपछि निषेधाज्ञा भएका कारण बीचमै रोकिएको थियो। अब पहिलो चरणमा स्थानीय प्रभावितलाई बिक्री नगरेसम्म सर्वसाधारणका लागि यो सेयर बिक्री खुल्ला गर्न पाइने छैन।

    तेह्रथुम पावरले भने निषेधाज्ञा खुकुलो भएपछि एक करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएको छ। तर सर्वसाधारणलाई सेयर जारी गर्ने मिति भने टुंगो लाग्न बाँकी छ।

    अन्य १३ वटा हाइड्रोपावर, दुई जीवन बीमा कम्पनी र दुई लघुवित्त कम्पनीको आइपीओ भने अनुमति पाउने प्रक्रियामै रहेको बोर्डले जनाएको छ।

    प्रक्रियामा रहेका हाइड्रोपावरहरुमा सयपत्री, अपर सोलु, दोर्दी खोला, अपर हेवाखोला र ग्रीन भेन्चर हाइड्रोपावर कम्पनीको निवेदन पहिलो चरणमा छ। अनुमति उन्मुख रहेका कम्पनीहरुमा मलुङ खोला, विन्ध्यवासिनी, सामलिङ पावर, हिमालयन, बलेफी, बुद्धभूमि र साहस ऊर्जा जलविद्युत छन्।

    प्रक्रियामा रहेका अन्य कम्पनीमाहरु मानुसी र नेस्डो लघुवित्तको एक करोड २० लाख रुपैयाँ बराबरको, सानिमा र आइएमई लाइफको एक अर्ब २० करोड रुपैयाँ बराबरको र डिस मिडिया नेटवर्कको दुई करोड ३८ लाख रुपैयाँ बराबरको गरी पाँच अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको आइपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको लाइनमा छ।

    युनियन लाइफपछि सम्भवतः सानिमा र आइएमई लाइफ तथा मानुसी र नेस्डो लघुवित्तको आइपीओ सर्वसाधारणका लागि आउने सम्भावना छ।

    जलविद्युत कम्पनीहरुले अनुमति पाए पनि पहिलो चरणमा स्थानीय प्रभावितलाई आइपीओ जारी गरेर दोस्रो चरणमा मात्रै सर्वसाधारणलाई बिक्री वितरण गर्ने भएकाले कम्तिमा एक महिनाभन्दा बढी समय लाग्न सक्ने देखिन्छ। पुँजी बजारमा नयाँ लगानीकर्ता बढेपछि आइपीओमा आकर्षण झन् चुलिएको छ।

    दोस्रो बजार कारोबारमा सहभागिता उल्लेख्यरूपमा नबढे पनि नयाँ लगानीकर्ताले आइपीओ खुल्दा आवेदन दिने क्रम निकै बढेको छ।

    शनिबार, असार १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.