काठमाडौं । क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलको नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।
शनिबार राति अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो ।
