हेटौँडा ।बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौँडा अस्पतालमा कोरोनाको आसंकाले एकजना बिरामीलाई एम्बुलेन्सबाटै फिर्ता गरिदिएको खबर खबर ब्रेकमा उल्लेख छ ।
खबर ब्रेकका अनुसार हेटौँडा उपमहानगपालिका वडा नंबर ५ कि एकजना ३० वर्षकी महिलालाई एक्कासी मुटु तथा स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि हेटौँडा अस्पताल पुग्दा अस्पतालले एम्बुलेन्सबाटै रिफर गरिदिएको हो । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ का वडा अध्यक्ष राजेश बानीयाँले भर्चुअल पत्रकार सम्मेलन गर्दै घटनाको जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै बानीयाँले आफ्नो वडावासी भएको कारण विरामी परेपछि आफुलाई जानकारी अएको र एम्बुलेन्स मार्फत अस्पताल लैजदा त्यहाका डाक्टरले विरामिलाई नहेरी सिधै रिफर गरेको बताए । महिलाको श्रीमान कोरोना संक्रमित रहेको जानकारी पाउनसाथ त्यहा रहेका कर्मचारी तथा डाक्टर विरामीलाई के भएको समेत जानकारी नलिई सिधै भरतपुर रिफर गरेको उनको भनाई थियो ।
उनले भने: ‘विरामीको श्रीमानले एक्कासी राती फोन गरेर श्रीमतिलाई समस्या भएको भनेपछि म तुरुन्त पुगे, म पुग्दा उनको अवस्था निकै नाजुक थियो, सास फेर्न निकै समस्या भैरहेको अवस्थामा मैले एम्बुलेन्स खोजे, बल्लतल्ल एउटा एम्बुलेन्स पाईयो र एम्बुलेन्समा भएको अक्सिजन प्रयोगपछि उनको अवस्थामा केहि सुधार आयो , अनि हामीले एम्बुलेन्स मार्फत हेटौँडा अस्पताल लग्यौ,तर त्यहा हामीले डाक्टरलाई बिरामीको अवस्था बतायौ,अनि अन्तिममा उनको श्रीमान कोरोना संक्रमित रहेको जानकारी पनि दिँयौ, हामीले उक्त जानकारी दिने वित्तिकै त्यहाका डाक्टरहरुले ज्वरो क्लिनिकको टिकट काटन लगाएर हामीलाई फिर्ता गरिदिए, निकै क्रिटिकल विरामीलाई यसरी एम्बुलेन्सबाट बाहिरै ननिकाली त्यसरी रिफर गर्न कति उपयुक्त थियो, यदि बिरामीलाई भरतपुर लाँदै गर्दा बाटोमानै केहि भएको भए को जिम्मेवार हुन्थ्यो ?’
प्रदेशको राजधानी जस्तो ठाउँको प्रमख अस्पतालले यस्तो लापरबाही गरेको भन्दै उनले दुख ब्यक्त गरे । उनले सरकारले अस्पतालको नाउँमात्र प्रतिष्ठान बनाएर बसेको तर अवस्था सुधार्न नलागेको भन्दै दब्ुख समेत ब्यक्त गरे । यस्तै अवस्था रहे कोरोनाको भएको कारण उपचार नपाएर मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्ने उनको भनाई रहेको थियो ।
मानवीयता र संवेदनशिलताको हारसँगै कोरोनाको जित हुने छ। आखिर यो डरको व्यापार कहिलेसम्म ?
