बसन्तपुर युथ क्लबद्धारा माडीमा पहिलो पटक युवतीहरुलाई क्रिकेट प्रशिक्षण दिइदैँ ।।
बसन्तपुर युथ क्लब माडी नगरपालिका ३ ले क्रिकेट खेलमा महिला सहभागिता बढाउने उद्धेश्यले माडीका युवतीहरुलाई २ साता यता क्रिकेट प्रशिक्षण प्रदान गरिरहेको छ । माडीको खेलकुद बिकास सँगै विभिन्न खाले सामाजिक क्रियाकलापमा सक्रिय बसन्तपुर युथ क्लबले महिलाहरुको समेत क्रिकेटमा आर्कषण र सहभागिता बढाउन युवतीहरुलाई प्रशिक्षणमा सहभागि गराएको क्लबका प्रेस सल्लाहकार अमृत आचार्यले जनाकारी दिनुभयो ।
बसन्तपुरमा केहि साता अघि क्रिकेट खेल्नका लागि व्यबस्थापन गरिएको मैदानमा अहिले प्रशिक्षण जारी रहेको र अबका दिनहरुमा निरन्तर खेलाडीहरु उत्पादन जारी राखिने क्लबका अध्यक्ष पदम पन्तले बताउनुभयो । प्रदेशबाट आउनु भएका प्रशिक्षक डिलु नेपाल र अन्य स्थानीय खेलाडीहरुले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।
अध्यक्ष पन्तका अनुसार इच्छुक माडीका जो कोही युवतीहरुले प्रशिक्षणमा सहभागिता जनाउन सक्ने छन् । माडीमा पहिलो पटक क्रिकेट खेलमा महिला सहभागिता बढाउने उद्धेश्यले आयोजना गरिएको प्रशिक्षणमा युवतीहरुको सक्रिय सहभागिता रहेकोप्रति उहाँले खुसी व्यक्त गर्नुभयो ।
- source Radio madi
