करिब ३६ लाखको लागतमा खरिद गरिएको सो मेसिनले एक घण्टामा एक विगाहा जमीन बराबरको धान काट्ने
प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा माडी नगरपालिकामा एक घण्टा भित्र एक विगाहा जमीनको धान काट्न सक्ने क्षमता भएकाे कम्बाइन हारभेष्टर मेसिन खरिद।
माडी नगरपालिका वडा नं ८कान्तिपुरमा रहेको सुर्यदय कृषि सहकारी संस्था लिमिटेडले सामूहिक धान काट्ने मेसिन खरिद गरेको छ। बाग्मती प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र चितवनको ७५ प्रतिशत अनुदान सहयोग र उक्त संस्थाको २५ प्रतिशत लगानीमा धान तथा गहुँ काट्ने कम्बाइन हारभेष्टर मेसिन खरिद गरिएको हाे।
करिब ३६ लाखको लागतमा खरिद गरिएको सो मेसिनले एक घण्टामा एक विगाहा जमीन बराबरको धान काट्ने सोही संस्थाका सदस्य शिवजी गायकले जानकारी दिनुभयो। माडीका जो कोही कृषकहरूले सो मेसिन प्रयोग गर्न चाहेको खण्डमा एक घण्टाको ५,००० शुल्क तिर्नुपर्नेछ। परालको व्यवस्थापनमा समेत यस मेसिनले ठूलो सहयोग पुर्याउने र करिब १० मुरीसम्म धान भण्डारण गर्ने क्षमता भएकाे सो मेसिन माडी नगरपालिकाका किसानहरूका लागी प्रभावकारी हुने अनुमान गरिएको छ। कृषिमा आधुनिकीकरणको यों प्रयासलाई माडीका किसानहरुले उत्साहजनक स्वीकारेका छ source radio balmiki
