• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विज्ञ समूहबाट होटल क्षेत्रमा स्वास्थ्य सुरक्षा तालिम सुरु, सातै प्रदेशमा आयोजना हुने


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • काठमाडौं। होटल संघ नेपाल र केन्द्रीय ट्रेड युनियनको सहकार्यमा बुधबारदेखि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असरबाट बच्ने उपायकेन्द्रित तालिम सुरु भएको छ।

    Advertisement

    जनस्वास्थ्य र हस्पिटालिटी क्षेत्रमा आवद्ध तीनजना विज्ञमार्फत दिइने तालिम कार्यक्रम सातै प्रदेशमा संचालन गर्ने योजना रहेको कार्यदलका संयोजक एवं होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए।

    होटल क्षेत्रमा आवद्ध लगानीकर्ता र श्रमिकबीचको सहकार्यमा सुरु गरिएको तालिम अभियान दक्षिण एसयामै पहिलोपटक रहेको होटल संघका उपाध्यक्ष विनायक शाहको भनाइ छ । ‘अबको समय भनेको होटलको संरचना, क्षमता, सुविधाभन्दा कोभिड-१९ नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड कसरी पालना गरेका छौं भन्ने महत्त्वपूर्ण छ,’ उनले शाहले भने, ‘एक वर्ष जेनतेन टिक्यौँ। राजनितीले फेरि कोल्टो फेर्यो, अब कसरी टिक्ने भन्ने हाम्रा लागि चुनौतिको विषय बनेको छ।’

    होटलमा कार्यरत श्रमिकको गुमेको रोजगारीलाई मध्यनजर गर्दै यतिबेला सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गरेको पैसा वितरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    कोभिडका कारण मुलुकको होटल उद्योगमा आवद्ध लगानीकर्ता र श्रमिकको गरिखाने बाटो जोगाउनु नै अहिलेको मुख्य चुनौति रहेको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन्। अहिले सुरु गरिएको तालिममार्फत पर्यटकलाई दिइँदै आएको खाना, बसाई लगायतको सेवामा थप सुधार हुने उनले बताइन्। ‘विस्तारै पर्यटन क्षेत्रले लय लिँदै छ। अब लगानीकर्ता र श्रमिक दुवै पक्षले हातेमालो गर्दै यो क्षेत्रलाई उकास्न आवश्यक रहेको छ,’ राणाले भनिन्।

    होटल सेवामा लागू गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रुपमा पालना गराउनका लागि सुरु गरिएको तालिम आयोजनाका लागि सातै प्रदेशमा सहभागिता जनाउन तयार रहेको आधिकारीक कर्मचारी ट्रेड युनियनका अध्यक्ष खेमराज खड्काले बताए।

    कोभिड-१९ विरुद्धको भ्याक्सिन होटलमा कार्यरत कर्मचारीलाई लगाउन आवश्यक रहेको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए। ‘होटलमा जाने मान्छे चाहिँ खोप लगाउने रे, होटलका श्रमिकलाई चाहिँ खोप लगाउन नपर्ने हो त?’ महानिर्देशक तामाङले भने,’अबको हाम्रो योजना भनेको यो समूहलाई पनि भ्याक्सिन दिनु हो।’ पछिल्लो समय आन्तरिक पर्यटकीय गतिविधी क्रमिक रुपमा लयमा फर्किए पनि चारतारे र पाँचतारे होटल भने अझैपनि प्रभावित नै रहेको उनले बताए।

    पर्वतारोहण र पदयात्रा गर्न आउने पर्यटकलाई ध्यानमा राखेर विभागले क्वारेन्टाइन मापदण्ड पुनरावलोकनका लागि प्रस्ताव गरिसकेको पनि तामाङले जानकारी दिए। विदेशी पर्यटक आवागमन सहजताका लागि भ्याक्सिन लगाएर आएकालाई निर्वाध भ्रमण खुला गराउने विषयमा पनि छलफल सुरु गरेको उनले बताए।

    पर्यटन क्षेत्रमा सर्वप्रथम जनशक्ति नै सुरक्षित हुन आवश्यक रहेको बताउँदै उनले भने,’यदि जनशक्ति सुरक्षित भए भने उनीहरुसँग दैनिक प्रत्यक्ष सम्पर्कमा आउनेहरु सुरक्षित हुन्छन्। पर्यटन क्षेत्रलाई अगाडि बढाउने हो भने समबद्ध सबै जनशक्तिलाई भ्याक्सिन दिन आवश्यक छ। एउटा देश भित्रको संक्रमण व्यवस्थापन र अर्को व्यवसायमा नै जोखिम छैन भन्नका लागि व्यवसाय खुला गर्नुपर्छ र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य मापदण्ड कार्यन्वयनमा ल्याउनु पर्छ।’

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    दिउँसो साढे ३ बजे देवघाटमा बाढी आइपुग्ने अनुमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.