काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशसहितको फैसला गरेसँगै धरापमा पुगेको केपी शर्मा ओली सरकारले साढे दुई दर्जनभन्दा बढी सहसचिवहरुको सरुवा गरेको छ।
मन्त्रिपरिषद् बैठकबाट ३१ जना सहसचिवहरुको सरुवा गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको राजस्व अनुसन्धान विभागका सहसचिव दीर्घराज मैनालीलाई अर्थमन्त्रालय लगिएको छ। आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्कीलाई सरकारले गृह मन्त्रालय पुर्याएको छ । गृहका अर्जुनकुमार शर्मा र रमेश शिवाकोटीलाई अख्तियारमा लगिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय मातहतकै सम्पत्ति शुद्धीकरण विभागका सहसचिव रूपनारायण भट्टाराईलाई राष्ट्रपति कार्यालय पुर्याइएको छ।
सहसचिव शोभाकान्त पौडेलको सरुवा प्रदेशबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छ।
सरकारले सरुवा गरेका अन्य सहसचिवहरुको विवरण यस्तो छः
.jpg)
