• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

२०७३ सालसम्मको कर विवरण नबुझाएका साढे २९ हजार कम्पनीको दर्ता खारेज, २१००० ले लिए छुट सुविधा


  •   सोमबार, चैत ०९, २०७७ मा प्रकाशित
  • काठमाडौं। सरकारले आर्थिक ऐनमार्फत ल्याएको सुविधा प्रयोग नगर्ने करदाताको दर्ता खारेज गर्ने भएको छ। सरकारले २०७३ सम्म कर विवरण नबुझाउने (नन-फाइलर) कम्पनीहरुको दर्ता खारेज गर्ने तयारी अघि बढाएको हो। यस्ता कम्पनीहरुको संख्या साढे २९ हजारको हाराहारीमा रहेको विभागले जनाएको छ ।

    Advertisement

     

    सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनबाट फागुन मसान्तसम्ममा कर विवरण बुझाउने करदातालाई छुटको घोषणा गरेको थियो। यसका लागि आन्तरिक राजस्व विभागले इतिहासमै पहिलो पटक नन-फाइलरहरुको विवरण सार्वजनिक गरेको छ।

    विभागले स्थानीय तहलाई नै नन-फाइलरको सूची उपलब्ध गराएर स्थानीय जनप्रतिनिधिलाई करदाता खोजिदिन आग्रह गरेको थियो। यसरी अभियान चलाउँदा पनि नआउने करदातालाई कारबाही प्रक्रिया अघि बढाउन विभागले प्रकृया सुरु गरेको हो।

    २०७३ सम्ममा कर विवरण नबुझाउने करदाताको खारेजी प्रकृया अघि बढेको विभागमा प्रवक्ता अर्जुन ढकालले जानकारी दिए। उनका अनुसार आर्थिक ऐनबमोजिम नै ननफाइलरहरुलाई कारबाही प्रकृया अघि बढाइएको हो।

    यस्तो थियो ऐनले दिएको सुविधा

    आर्थिक ऐन, २०७७ को दफा २१ ले स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने करदाताहरुलाई छुटको व्यावस्था गरेको थियो। आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्ने फर्मले आर्थिक वर्ष २०७३/७४, ०७४/७५, ०७५/७६ को आय विवरण सो आय विवरण अनुसारको आयकर र सोमा ब्याजमा लाग्ने २५ प्रतिशत रकम चालु वर्षको फागुन मसान्तसम्म बुझाएमा सोभन्दा अघिका वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने सुविधा दिइएको थियो । अझ त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिन्हा हुने छुट पनि सरकारले दिएको थियो।

    यो व्यवस्थाअनुसार आयकर विवरण बुझाउने करदाता २१ हजारभन्दा बढी रहेका छन्। यस्तै, भ्याटमा दर्ता भएकामध्ये एक हजारभन्दा बढी करदाताले विवरण बुझाएका छन्।

    आर्थिक वर्ष २०७३/७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक ५० लाखभन्दा बढिको कारोबार गर्ने व्यक्ति वा निकायले आय विवरण र सो आय विवरणअनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम २०७७ साल फागुन मसान्तसम्म बुझाएमा त्यसमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिन्हा हुने स्किम सरकारले ऐनमार्फत दिएको हो ।

    यो ऐनले दिएको सुविधाको समय थप नहुने विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए।

    किन बढ्यो नन-फाइलर

    विभागले गरेको अध्ययन नन-फाइलर बढ्नुमा चार विषयलाई आधार मानेको छ। पहिलो – कम्पनी रजिष्ट्रार कार्यालय वा स्थानीय तहमा कम्पनी खारेजी प्रक्रिया झन्झटिलो र खर्चिलो हुनु। बैंकबाट ऋण झिक्ने प्रयोजनका लागि मात्रै  कम्पनी प्रयोग गर्नुले पनि फाइलर बढेको छ। यस्तै कर विषयमा नबुझी कम्पनी दर्ता गर्दा पनि यसको संख्या बढेको हो।

    यसैगरी कर छली गर्नकै लागि पनि नयाँ कम्पनी दर्ता गर्ने गरेको अध्ययनबाट खुलेको विभागको भनाइ छ । विशेषगरी वार्षिक ५० लाखसम्मको कारोबार गर्ने कम्पनीले कर छलि गर्नैका लागि पनि नयाँ कम्पनी दर्ता गर्ने गरेका छन्।

    विभागले  आयकरमा दर्ता भएका ४५ बढी कम्पनीको सूची सार्वजनिक गरेको थियो। यस्तै, २८ हजारभन्दा बढी कम्पनी मूल्य अभिवृद्धिक कर (भ्याट) मा दर्ता भएका छन्। तीमध्ये कर दाखिला नगर्ने  (नन फाइलर) कम्पनी साढे २९ हजारको हाराहारीमा रहेको बताइएको छ ।

    २०५५ सालमा भ्याटमा दर्ता भएको झापाको भद्रपुरस्थित सन्दीप मिल मेसिनरी स्टोर्सले २०६५ सालदेखि नै भ्याटको विवरण बुझाएको छैन। आन्तरिक राजस्व कार्यालय ललितपुरबाट २०६७ सालमा भ्याटमा दर्ता भएको लोकवीर एण्ड बेताली जगदम्बा जेभीले पनि २०७० देखि कर विवरण बुझाएको छैन। यस्तै २०७२ मा महाराजगंज कार्यालयमा भ्याटमा दर्ता भएको शिव ट्रेडिङ हाउस प्रालिले २०७४ यता कर विवरण बुझाएको छैन। यीबाहेक पनि हजारौं कम्पनीहरुले वर्षौंदेखि कर विवरण नबुझाएको विभागले जनाएको छ ।

    सोमबार, चैत ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    दिउँसो साढे ३ बजे देवघाटमा बाढी आइपुग्ने अनुमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.