• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

सत्तासमीकरणबारे ठोस निर्णय दिन देउवालाई दाहालको आग्रह


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तासमीकरणबारे विधा तोडेर ठोस निर्णय दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सत्तासमीकरणबारे कांग्रेस र जसपाले ठोस निर्णय लिन नसक्दा नयाँ सरकार गठनबारे अन्योलता कायमै रहेका बेला अध्यक्ष दाहालले मंगलबार कांग्रेस सभापति देउवासँग स्पष्ट जवाफ दिन आग्रह गरेका हुन् ।

    Advertisement

    दाहालनिकट मानिने माओवादी केन्द्रका स्थायी कमिटीका एक सदस्यका अनुसार भेटमा देउवाले जसपासँग छलफल गरेर आफू चाँडै ठोस निष्कर्षमा पुग्ने आश्वसन दिएका छन् । एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन निवेदन दर्ता गराएलगत्तै निवासमै पुगेर दाहालले देउवासँग भेट गरेका थिए । ‘संसद् पुनस्थापना भएको पनि डेढ महिना भयो । संसद् अधिवेशन सुरु भएको पनि एक महिना हुन लाग्यो । नयाँ सरकारबारे केही प्रगति भएन । तपाईंहरुले ठोस निर्णय लिन नसक्दा अन्योलता भयो । आफै सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुस् भन्ने मेरो प्रस्ताव छ । होइन, यो प्रस्ताव मान्य छैन भने पनि एउटा निष्कर्षमा पुग्नुस् भन्ने मेरो आग्रह छ’ दाहालले देउवासँग गरेको प्रस्ताव उद्धृत गर्दै दाहाल निकट ती नेताले भने । उनका अनुसार जवाफमा देउवाले भनेका थिए, ‘म जसपासँग पनि छलफल गर्छु र चाँडै निर्णय लिन्छु ।’

    पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सर्वोच्च अदालतले फागुन ११ को फैसालमार्फत असंवैधानिक भन्दै उल्टाइदिएपछि ओलीको विकल्पमा नयाँ सरकार गठनको पहल सुरु भएको थियो । माओवादी केन्द्रले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि उनले समय परिपक्क नभएको भन्दै ठोस अग्रसरता लिएका छैनन् ।

    नयाँ सत्तासमीकरणलाई लिएर जसपामा दुई धार छ । जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीसँग सहकार्यको पक्षमा छन् भने संघीय अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीसँग सहकार्य गर्न नहुने अडानमा छन् ।

    सत्तासमीकरणमा अन्योलता रहेकै कारण माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गरेको छैन । यद्यपि पछिल्लोपकट दाहालले राजनीतिक र नैतिक रुपमा अब धेरै समय समर्थन कायम राख्न नसक्ने बताएका छन् ।

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.