• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

सेयर बजार तीन दिनदेखि एउटै बिन्दुमा घुमेको घुम्यै, कारोबार रकम खस्कियो, अबको यात्रा कता?


  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
  • काठमाडौं। सेयर बजार सूचक नेप्से पछिल्लो तीन दिनदेखि एउटै बिन्दुमा घुमिरहेको छ। २६७४ बिन्दुको ऐतिहासिक उचाई हासिल गरेपछि सेयर बजार पछिल्लो दुई दिन गतिहिन देखिएको छ।

    Advertisement

     

    मंगलबार २६७४ बिन्दुमा बन्द भएको नेप्से सूचक बुधबार २ अंकले घटेको थियो भने बिहीबार २ अंकले नै बढेको छ। नेप्से सूचक हरियो भएपनि राम्रा कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने रातो भएको छ।

    बरु यो बीचमा कारोबार रकम भने दिनानुदिन खस्किदो छ। साताको पहिलो दिन ९ अर्ब रुपैयाँ नाघेको कारोबार रकम साताको अन्तिम दिन सम्म आइपुग्दा साढे ६ अर्ब रुपैयाँमा सिमित भएको छ। अन्य दिनमा पनि औसत ७ अर्ब भन्दा केहि बढी रुपैयाँको मात्र कारोबार भएको थियो।

    सेयर बजार बिश्लेषक विष्णुप्रसाद बस्याल ‘अल टाइम हाइ’ भएको बजार एउटा बिन्दुमा पुगेर स्थिर रहनु बजारका लागि सकारात्मक भएको बताउँछन्।

    प्राविधिक रुपमा हेर्दा अर्को हप्ता बजार घटेपनि २६०० बिन्दुभन्दा तल आउने सम्भावना नरहेको बस्यालको भनाई छ। बजार उकालो लागेको खण्डमा भने २७५० बिन्दुको नयाँ रेकर्ड बनाउन सक्ने पनि उनको भनाई छ।

    बैंकिङ क्षेत्रले बजार उचालेको खण्डमा भने बजार त्यो भन्दापनि माथि जान सक्छ। नभए २७-२८ सयको बिन्दुमा पुगेपछि बजारमा करेक्सन आउन सुरु हुने बस्यालको अनुमान छ।

    दीर्घकालीन लगानी गर्नेलाई त अहिले किन्दा पनि खासै फरक पर्दैन। बजार माथि नै जाने सम्भावना छ। तर छोटो समयका लागि किनेर नाफा बुक गर्न सक्ने अवस्था अहिले देखिँदैन। त्यसका लागि बजारमा एक पटक करेक्सन आएपछि मात्रै सेयर खरिद गर्नु उपयुक्त हुने उनको सुझाव छ।

    बिहीबार एनआइसी एसिया लघुवित्त, घलेम्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स, रिलायन्स फाइनान्स र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

    युनिभर्सल पावर र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य भने ४/४ प्रतिशतले घटेको छ। अजोड इन्स्योरेन्स र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ३/३ प्रतिशतले घटेको छ।

    ७ वटा उपसमूह हरियो भएपनि लघुवित्त समूह १०६ अंक र जीवन बीमा समूह ९१ अंकले बढ्नु बाहेक अन्य समूहमा उल्लेख्य बृद्धि हुन सकेन।

    सर्वाधिक घट्ने उपसमूहमा भने निर्जीवन बीमा समूह ६२ अंक, व्यापार समूह ३२ अंक, उत्पादन समूह २८ अंक र जलविद्युत समूह २३ अंकले ओरालो लागेका छन्।

    माथिल्लो तामाकोशीको सर्वाधिक ३७ करोड रुपैयाँको सेयर किनबेच हुँदा निफ्राको २५ करोड, नेपाल बैंकको २४ करोड, चन्द्रागिरी हिल्सको २२ करोड र नबिल बैंकको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

    २०७ कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर ६ अर्ब ५५ करोड रुपैयाँमा किनबेच भएका छन्। ९ कम्पनीको मूल्य स्थिर रहेकोमा ७४ कम्पनीको मूल्य घटेको छ। ९६ कम्पनीको मूल्य बढेको छ।

    बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.