चितवन। नेपालमा गैडाको संख्या बढेको छ । आज शनिबार सौराहाको प्रकृति संरक्षण कोषमा एक कार्यक्रम गरि गैडा गणना २०७७ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालमा गैडाको संख्या वृद्धि भई ७ सय ५२ रहेको वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले जानकारी दिनुभयो ।
उहाँले चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ , पर्सा राष्ट्रिय निकुञ्जमा ३ , वर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैडा भेटिएको जानकारी दिनुभयो । त्यस्तै उहाँले १ सय ४६ वटा भाले १ सय ९८ पोथी ४ सय ८ लिङ्ग नछुटिएको गैडा रहेको बताउनुभयो भयो । गैडा गणनामा ५ सय २० वयश्क ९६ अर्ध वयश्क र १ सय ३६ बच्चा गैडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ भाले, १ सय ७४ पोथी, लिङ्ग नछुटियको ३ सय ९२ रहेका छन् ।
यस्तै वयस्क ४ सय ७४, अर्धबयस्क ९५ र वच्चा १ सय २५ रहेको उहाँले जानकारी दिनुभयो । पर्सा राष्ट्रिय निकुञ्जमा भाले १, पोथी १ र लिङ्ग नछुट्टिएको एक गैंडा रहेका छन् । यस्तै बयस्क २ र बच्चा १ रहेको सार्बजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । वर्दीया राष्ट्रिय निकुञ्जमा १४ भाले, १९ पोथी र लिङ्ग नछुट्टिएको ५ गरि ३८ गैंडा रहेका छन् । जस मध्ये वयस्क ३१, अर्धवयस्क १ र वच्चा ६ वटा रहेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका १७ मध्ये ३ भाले, ४ पोथी र लिङ्ग पहिचान नभएको १० रहेका छन ।
ती मध्ये १३ वयस्क र ४ वच्चा रहेको सचिब ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार सन २०१५ मा गैंडाको संख्या ६ सय ४५ रहेकोमा वढेर ७ सय ५२ पुगेको हो । चितवनमा ६ स ५ वाट ६ सय ९४, वर्दीयामा २९ वाट ३८ र शुक्लाफाँटामा ८ बाट १७ पुगेको छ । पर्सामा तीनवटानै यथावत रहेको उहाँले जानकारी दिनुभयो । यही चैत ९ गते पर्साको प्रतापपुरबाट सुरु गरिएको गणना चैत २७ गते सम्पन्न भएको थियो ।
गैडा गणना २ सय ५० जना व्यक्ति बाट ४३ वटा हात्तीको प्रयोग गरि २३ दिनमा सम्पन्न गरिएको छ। गैंडा गणनामा ५७ वटा हात्ती, २ सय ५० जना कर्मचारीले २३ दिन लगाएर गैंडा गणना गरेका थिए । चितवन र पर्सा निकुञ्जमा १९ वटा ब्लक, बर्दीयामा ८ वटा र शुक्लाफाँटामा ४ वटा ब्लक निर्माण गरि गणना गरिएको हो ।
