• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

खाद्य कम्पनीसँग सहुलियतमा खाद्यान्न बिक्री गर्ने सहकारीहरु थपिदै, रुकुममा सबैभन्दा धेरै


  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
  • सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्ने सहकारी संस्थाहरु बढ्न थालेका छन्।

    Advertisement

    खाद्य कम्पनीले दैनिक उपभोग्य वस्तु बाहिर बजारको भन्दा सहुलियत दरमा उपभोक्तालाई बिक्री गर्दै आएको छ। केही समययता  बजारमा खाद्यवस्तुको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ।

    खाद्यसँग खरिद गरेर स्थानीयस्तरमा बेच्दा तुलनात्मकरूपमा उपभोक्ताले सहुलियत मूल्यमा पाउने भएकाले उपभोक्ताहरू नै सक्रिय रहेका सहकारी सरकारी कम्पनीसँग हातेमालोमा अघि आउन थालेका हुन्।

    गत वर्षको लकडाउनपछि खाद्यान्न बिक्री गर्ने सहकारी संस्थाहरु बढ्ने क्रममा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन्। ‘पहिले सहकारीहरु  खासै थिएनन्। पछिल्लो समय लकडाउन र चाडपर्वको समयदेखि थपिन थालेका हुन्,’ उनले भनिन्, ‘सहकारीमार्फत खाद्यान्न बिक्री गर्ने कार्यक्रम देशभरका लागि हो।’

    अहिले उपत्यका भित्र र बाहिरका सहकारीले कम्पनीमार्फत खाद्यान्न खरिद गरी कम्पनीकै मूल्यमा बिक्री गरिरहेको सुवेदीले जानकारी दिइन्। यसमा इच्छुक सहकारीले काम गर्छन्। मुलुकको दुर्गम क्षेत्रका केही सहकारी दुरीका कारण ढुवानीमा समस्या हुने आँकलन गर्दै सोधपुछ गरे पनि जोडिइसकेका छैनन्।

    हाल शाखा कार्यलय रुकुममा सबै भन्दा बढी सहकारी छन्। करिब ६  वटा सहकारीले सहुलियत दरमा उपभोक्ताहरुलाई खाद्यान्न बिक्री गरिरहेका कम्पनीले जनाएको छ। जहाँ सानीभेरी जनप्रवाह कृषि सहकारी, छिङ बहुद्देश्यीय सहकारी संस्था, पालाकोट बहुउद्देश्य सहकारी संस्था, भमर मार्या कृषि सहकारी संस्था, मेलगैरी कृषि सहकारी संस्था, संरक्षण बहुउद्देश्य सहकारी लगायतका संस्था छन्।

    त्यस्तै  प्रादेशिक कार्यलाय काठमाडौंमा दुई वटा सहकारी भलाकुसारी र समुदाय सहकारीले कम्पनीमार्फत खाद्यान्न बिक्री गरिरहेका छन्। अर्को प्रादेशिक कार्यालय सुर्खेतमा तीन वटा सहकारी छन्। भेरी पशु तथा कृषि उत्पादन जारी नेप्टेकाँडा कृषि तथा पशुपानल  सहकारी संस्था र त्रिवेणी सामाजिक उद्योमी महिला सहकारी संस्था छन्।

    मुख्य शाखा कार्यालय तुल्सीपुरमा सुन्दर कृषि संस्थाले बिक्री गरिरहेको छ। मुगुमा एब्लाङ कृषि सहकारी संस्था, जुम्लामा समानता बहुद्देश्यीय संस्था छ। साथै शाखा कार्यालय कालिकोटमा दुई सहकारी संस्था छन्। ऐन डाँडा बहुउद्देश्यीय सहकारी संस्था र सन्जय चौतारी उपभोक्ता सहकारी संस्थाले कम्पनीबाट खाद्यान्न खरिद गरी बिक्री गर्दै आएका छन्।

    यसरी कम्पनीसँग सहकार्य गरी खाद्यान्न बिक्री गर्दा सहकारीहरुले कमिसन पाउने गरेका छन्। जसले गर्दा खाद्य कम्पनीबाट खरिद गरेको मूल्यमा नै उपभोक्ताहरुलाइ बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ। सहकारीहरुले सरकारले तोकेको कमिसनका अनुसार बिक्री गर्न सकिने भएमात्र कम्पनीसँग सहकार्य गर्छन्।

    सहकारीले खाद्यवस्तु बिक्री गरिदिए वापत ढुवानी, लोड अनलोड रकम कमिसन वापत खाद्यान्न खरिद गरिलिने डिपो, गोदाम तथा कार्यालयको बिक्री मूल्य (गेटप्राइस ) मा प्रतिकेजी  ५०  रुपैँयाभन्दा कम मूल्यमा ७ प्रतिशत र  प्रतिकेजी ५० भन्दा बढी मूल्य भएमा  ६ प्रतिशतका दरले कमिसन प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार उपत्यकामा खाद्यान्न खरिद गर्नका लागि बजारको अभाव हुँदैन। उपत्यका बाहिर सीमित मात्रामा खाद्यान्न पसलहरु हुने भएकाले उपभोक्ताहरुले बढी मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ। यसैका कारण पनि सरकारले सहकारीमार्फत देशको विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने नीति अघि सारेको छ।

    आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.