काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा सबैको नजरमा परेकि नायिका हुन् साम्राज्ञीराज्य लक्ष्मी शाह । नायिका साम्राज्ञी यस्तो अवतारमा।
पहिलो चलचित्र ड्रिम्स बाट राम्रो चर्चा कमाउन सफल उनी अनमोल केसीसँग रोमान्स गर्दै डेब्यू गरेकी हुन् । त्यसैले पनि होला ‘ड्रिम’ पछि उनको हातमा राम्रा ब्यानरको चलचित्र पर्यो ।
चलचित्र ‘ड्रिम्स’ हिट भएसंगै करिब दुई वर्ष पछि साम्राज्ञी अभिनित ‘ए मेरो हजुर २’ रिलिज भएको थियो ।

उनी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ लाई पनि दर्शकले राम्रोसंग रुचाए। यो चलचित्र प्रदर्शन हुनु अगाडी उनीमा डर थियो पहिलो चलचित्र जस्तै दोस्रो चलचित्रमा दर्शकको साथ मिल्छ कि मिल्दैन ।

तर उनको डर जितमा परिणत भयो। त्यसैगरी तेस्रो चलचित्र ‘तिमी सँग’, ‘मारुनी’,कायरा लगाएत चलचित्रमा दर्शकहरुको राम्रो माया पाइरहेकी छिन्। अहिलेसम्म खेलेको चलचित्रमा राम्रै प्रशंसा पाएकी छन्।


