• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

निशेधाज्ञाको आदेश लत्याउंँदै विरेन्द्र क्याम्पस: एउटै कक्षामा ७२ जना भन्दा बढी बिद्यार्थी


  •   बुधबार, साउन १३, २०७८ मा प्रकाशित
  • चितवन ।  जिल्लामा निशेधाज्ञा जारी भैरहेका बेला यहांँको विरेन्द्र बहुमुखी क्याम्पस भरतपुर प्रशासनको आदेशलाई ठाडै अवज्ञा गरेको छ । आजदेखि शुरु भएको स्नातक पहिलो वर्षको परीक्षामा क्याम्पसले एउटै कोठामा ७२ जनासम्म विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्दै निशेधाज्ञाको अवज्ञा गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले एउटा परीक्षा हलमा २५ जना भन्दा बढी विद्यार्थी राख्न नपाउने आदेश छ ।

    Advertisement

    परीक्षामा विद्यार्थी राख्दा एउटा बेन्चमा एकजना मात्रै परीक्षार्थी राखेर अङ्ग्रेजी जेड आकारमा विद्यार्थी राख्नुपर्ने हुन्छ । वीरेन्द्र क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा विद्यार्थीले मास्क लगाउनुबाहेकका अन्य कुनै पनि स्वास्थ्य मादपण्ड पालना समेत नगरेको पाईएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले एउटा परीक्षा हलमा २५ जना भन्दा बढी विद्यार्थी राख्न नपाउने जनाएको छ । परीक्षामा विद्यार्थी राख्दा एउटा बेन्चमा एकजना मात्रै परीक्षार्थी राखेर अङ्ग्रेजी जेड आकारमा विद्यार्थी राख्नुपर्ने प्रमुख जिल्ला अधिकारीद्वारा आदेशमा जनाइएको छ ।

    वीरेन्द्र क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा विद्यार्थीले मास्क लगाउनुबाहेकका अन्य कुनै पनि स्वास्थ्य मादपण्ड पालना समेत गरेका छैनन् । स्थानीय प्रशासनले परीक्षार्थीहरु हलमा प्रवेश गर्नु अघि र परीक्षा सकिएपछि भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निर्देशन दिएका थिए । त्यस्तै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी परीक्षा हल, शौचालय, खानेपानी स्थलमा अनिवार्य दैनिक निसङ्क्रमण गर्नुपर्ने, कोभिडका बिरामीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि परीक्षामा सहभागी गराउनुपर्ने तथा ३० मिनेट पछि मात्रै हलबाट बाहिर निस्कने व्यवस्था मिलाउनुपर्ने लामिछानेले बताए ।

    वीरेन्द्र बहुमुखी क्याम्पसमा पर्याप्त मात्रामा कक्षा कोठा हुँदाहुँदै पनि कलेजले स्थानीय प्रशासनको आदेशलाई अवज्ञा गरेको हो । वीरेन्द्र क्याम्पसको भरतपुर–१० स्थित नौ बिघामा रहेको डिग्री भवनमा पर्याप्त कोठा हुँदा समेत त्यहाँको भवनमा परीक्षा सञ्चालन गर्नतर्फ कलेजले चासो देखाएन । कलेजको प्रशासन भएको ठाउँमा रहेको १२ वटा कोठामा ६०० बढी विद्यार्थीलाई परीक्षामा सहभागी गराएको छ ।

    कलेजले परीक्षा सञ्चालन गरेको कोठामध्ये कोठा नं २१३ मा ७२ जना, २१८ मा ६० जना, २१९ मा ५१ जना, २२० मा ५१ जना, २१७ मा ३४ जना २२६ मा ४१ जना, २१६ मा ४६ जना, २११ मा २१ जना, २१० मा ३४ जना, २०९ मा ५१ जना २०४ मा अन्य ठाउँबाट परीक्षा केन्द्र सारेर आएका विद्यार्थी र कोठा नम्बर २२७ मा प्राइभेट परीक्षा दिने विद्यार्थीहरु सहभागी थिए ।

    आइतबार त्रिभुवन विश्वविद्यालयको स्नातक पहिलो वर्षको परीक्षा अन्तर्गत शिक्षा शास्त्र संकाय र मानविकी संकायको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा थियो । भोलि एउटै कोठामा ९० जनासम्म राख्नुपर्ने अवस्था छ : क्याम्पस प्रमुख पौडेल एउटा कोठामा ७२ जना विद्यार्थी राखिएको कुरा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले ठाडै अस्वीकार गरे । परीक्षा सञ्चालन हुने क्याम्पसमा क्याम्पस प्रमुख नै केन्द्राध्यक्ष रहने व्यवस्था अनुसार केन्द्राध्यक्षले हस्ताक्षर भएको सिट प्लानमा ७२ जना विद्यार्थी रहेको समावेसीले जानकारी गराएपछि पौडेलले भने, “परीक्षा हलमा ७२ जना त होइत तर २५ जना भन्दा बढी विद्यार्थी सहभागी गराउन बाध्य भयौँ ।”

    परीक्षा निरीक्षक बस्न कुनै शिक्षक तथा कर्मचारीहरु नमानेका कारण क्याम्पसको डिग्री भवनमा परीक्षा सञ्चालन गर्न कठिन भएको पौडेलले बताए । “हामीले खोप पाएका छैनौँ, खोप नलगाएसम्म परीक्षा निरीक्षक बस्न सरहरु मान्नुभएन” पौडेलले भने, “भोलि (साउन ११ गते)को परीक्षामा १३ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुँदैछन् । भोलि एउटै कोठामा ९० जनासम्म विद्यार्थी राख्नुपर्ने अवस्था आउँछ ।” प्रशासनको आदेश थाहा भए पनि बाध्य भएर आफूहरुले पूर्णरुपमा पालना गर्न नसकेको उनी बताउँछन् ।

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सूचना जारीसँगै परीक्षा सञ्चालन हुने क्याम्पसका क्याम्पस प्रमुखहरुलाई कार्यालयमा नै बोलाएर मापदण्ड पालना गर्न आग्रह गरिएको बताउँछन् । “हामीले कार्यालयमा नै बोलाएर समेत मापदण्ड बारे जानकारी गराउँदै पूर्ण पालना गर्न आग्रह गरेका छौँ” लामिछानेले भने, “वीरेन्द्र क्याम्पसले विद्यार्थी बढी राखेको विषयमा मेरो ध्यानाकर्षण भएको छ । यो विषयमा म बुझ्छु ।” परीक्षा जस्तो संवेदनशील विषयमा क्याम्पस स्वयं सचेत हुनुपर्ने समेत लामिछानेले बताए ।

    बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    दिउँसो साढे ३ बजे देवघाटमा बाढी आइपुग्ने अनुमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.