काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएको बताएका छन् ।
बुधबार संसद भवनमा नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग अन्तक्रियामा बोल्दै देउवाले सो कुरा बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा निर्णय गराउन न्यायाधीशहरुलाई धम्की दिएको आरोप पनि लगाएका छन् । उनले न्यायाधीश प्रधानमन्त्री ओलीको धम्कीबाट नडराउने र अदालतबाट निष्पक्ष फैसला आउने विश्वास रहेको बताए ।
उनले प्रश्न गर्दै भने – ‘प्रधानमन्त्रीले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ?’ उनले कमिसनका कारण कोरोनाभाइरसविरुद्धको खोप नआएको बताए ।
