• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गर्भावस्थामा यौन सम्पर्क गर्न हुन्छ ? बेहोस हुने समस्यालाई वीर्यले कम गर्ने


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । अधिकांश दम्पत्ति गर्भावस्थामा यौन सम्पर्क गर्न हुने वा नहुने विषयले चिन्तित् रहने गर्छन् । गर्भावस्थामा यौन सम्पर्क राख्दा शिशु र महिला दुवैलाई नकारात्मक असर गर्ने बुझाइ आम दम्पत्तिमा पाइन्छ  । यसलाई स्वभाविक चिन्ता पनि मान्छि । गर्भावस्थामा यौन सम्पर्क राख्दा पाठेघर खुम्चिनेदेखि शिशुलाई छोपेर राखेको झिल्ली च्यातिएर संक्रमण हुनेसम्मको तर्क हुने गर्छ ।

    Advertisement

    गर्भावस्थामा यौन सम्पर्क 

    स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न सकिन्छ ।  स्वस्थ गर्भावस्थामा हुने यौन सम्पर्कले महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर नगर्ने चिकित्सकहरु बताउँछन् ।

    गर्भवती महिलाले इच्छा गरेमा वा उनलाई कुनै असजिलो महसुस नभएमा यौन सम्पर्क राख्न अफ्ठ्यारो मान्नु पर्दैन । तर, यसबेला पुरुषले यौन सम्पर्कका लागि दबाब दिनु भने हुँदैन ।

    यौन सम्पर्कले आपसी सम्बन्ध प्रगाढ हुने

    यौन सम्पर्कले दम्पत्तिबीचको सम्बन्धलाई प्रगाढ बनाउने गर्छ । तर, गर्भावस्थामा यौन सम्पर्क नहुँदा सम्बन्धमा बिग्रिने डरमा महिलाहरु रहेका देखिन्छन् । गर्भवती अवस्थामा पनि कुनै न कुनै रुपमा दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्ने गर्छ ।

    यसका लागि गर्भावस्थामा पनि यौन क्रियाकलाप आवश्यक पर्छ । तर, यसका लागि गर्भ रहेको कति महिना भयो भन्नेले अर्थ राख्ने गर्छ । गर्भ रहेको महिनाको आधारमा यौन आसन प्रयोग गर्नुपर्ने हुन्छ भने सोहीअनुसारको सावधानी पनि अपनाउनु पर्छ । यौनसम्पर्कपछि रक्तश्राव, पेट दुखेमा, असहज महसुस भएमा,  योनीबाट पानी बगेमा यौन सम्पर्क तत्काल बन्द गर्नुपर्छ ।

    शिशुलाई असर नगर्ने, बेहोस हुने समस्या हटाउने

    स्वस्थ गर्भावस्थमा यौन सम्पर्क राख्दा गर्भको शिशुलाई असर नगर्ने चिकित्सकहरुले बताउने गरेका छन् । उनीहरुकाअनुसार भ्रुणको थैली र गर्भाशयका मांशपेशीले गर्भको शिशुलाई सुरक्षा प्रदान गर्ने भएकाले यौन सम्पर्कका कारण गर्भको बच्चामा असर गर्दैन ।

    सेक्सका बेला उत्सर्जन हुने अक्सिटोसिन हर्मोनका कारण पति पत्नीबीचको सम्बन्ध आत्मीय तथा प्रेमपूर्ण बन्ने विज्ञहरुको भनाइ छ । गर्भावस्थामा हुने यौन सम्पर्कले महिलालाई चिन्तामुक्त गराउने र पर्याप्तमात्रा निद्रा पर्ने र रक्तचाप सन्तुलित गर्न सहयोग गर्छ ।

    गर्भावस्थामा बेहोस हुने समस्याबाट पीडित गर्भवती महिलालाई यस समयमा हुने यौन सम्पर्क लाभदायक बन्न सक्छ । यस समस्याबाट पीडित महिलाहरुका लागि पुरुषको वीर्यमा हुने प्रोटिनले फाइदा गर्ने चिकित्सकको भनाइ छ । उनीहरुकाअनुसार वीर्र्यले महिलामा विशेष एन्टीबडी उत्पादन गरी गर्भावस्थामा बेहोस हुने समस्या कम गर्छ ।

    गर्भमा रहेको बच्चालाई असर नगर्ने गरी पेटलाई दबाब सृजना नहुने गरी यौन सम्पर्क गर्नुपर्ने हुन्छ । यसका लागि उचित यौन आसन चयन गर्नुपर्ने हुन्छ ।

    तर, गर्भ रहेको सुरुको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ । अन्य सामान्य अवस्थामा वा गर्भवती महिलामा कुनै असहज अवस्था नरहेको खण्डमा यौन सम्पर्क गर्न सकिन्छ ।

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.