चितवन : रमेश राज भण्डारीको गाइजात्रा गीत ‘नाच्दे खुट्टो उचाली’ सार्वजनिक भएको छ । मनोज घिमिरेको शब्द रहेको गीतमा रमेशको स्वर र संगीत रहेको छ । रमेशकै निर्देशनमा हाँस्यब्यंग्य तरिकाले तयार पारिएको म्युजिक भिडियोमा अवि घिमिरेको छायांकन तथा सम्पादन रहेको छ ।
भिडियोमा रमेश राज भण्डारी, सन्तोष कँडेल, देवेन्द्र गैरे र रमेश गैरेको अभिनय रहेको छ । गीतसंगीतमा हराउँदै गएको मौलिकतालाई गाइजात्रा गीत ‘नाच्दे खुट्टो उचाली’ ले ब्यङ्ग्य गरेको छ । यस्तै पछिलल्लो समयमा राजनितीमा देखिएको विकृतिलाई पनि गीतले व्यङ्ग्य प्रहार गरेको छ ।
