काठमाडौं । चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । राजनीतिक कथाबस्तुमा आधारित चलचित्र ‘एक’को ट्रेलर सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।
स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको यो चलचित्र गुप्तचर संस्थाको एक इमान्दार एजेन्टको संघर्षमा आधारित छ । चलचित्रमा एजेन्टको भूमिकामा विशाल पोखरेल र सहयोगी एजेन्टको भूमिकामा ज्योत्सना योगी छिन् । यस्तै स्वतन्त्र मधेसको नारा बोक्ने पात्रको भूमिकामा प्रमोद अग्रहरि छन् ।
चलचित्रमा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । मनोज पण्डितले निर्देशन गरेको यस चलचित्रलाई दसैंको फुलपातिका दिन डिजिटल प्लेटफर्ममा रिलिज गरिनेछ ।
