काठमाडौं – कोरोनाभाइरसको संक्रमणका कारण अहिले चलचित्रका कामहरु कम भइरहेका छन् । यसैबीच कलाकारहरूको राजनीति प्रतिको मोह पनि बढीरहेको छ ।
कलाकारितामा व्यस्त रहने कालाकारहरु राजनीतिमा बढी चासो दिन थालेका छन् । धेरै कलाकारहरु राजनीतिक दलमा प्रवेश गरेका पनि छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा, करीश्मा मानन्धर, सुरेन्द्र केसी लगायतका कलाकारहरु राजनीतिक दलमा प्रबेश गरिसकेका छन् ।
यस्तै हालै अभिनेता निखिल उप्रेती र अभिनेत्री श्वेता खड्का पनि पार्टी प्रबेश गरेको चर्चा चलिरहेको छ । उनीहरु अभिनेत्री मनीषा कोइरालाको नयाँ पार्टी एकीकृत शक्ति नेपालमा प्रबेश गरेको बताइएको छ । गएको सोमबार एक कार्यक्रम गर्दै दल दर्ता गर्ने घोषणा गरिएको थियो ।
उक्त कार्यक्रमा निखिल र श्वेता पनि सहभागी रहेका थिए । फिल्मको सुटिङका लागि स्विटजरल्यान्ड रहेकी कोइराला भने कार्यक्रममा सहभागी हुन पाइनन् । यस पार्टीको मूख्य एजेण्डा राजसस्थासहित हिन्दुराज्य हो ।
पछिल्लो समय कलाकारहरुले राजनीतिमा चासो देखिएपछि राजनीति दलहरु पनि स्वागत गर्न अघि सरिरहेका छन् ।
