काठमाडौं । चर्चित मोडल निशा घिमिरेको निधन भएको छ । उनको बुधबार साझँ उपचारका क्रममा निधन भएको हो । उनको लामो समयदेखि नर्भिक हस्पिटलमा उपचार भइरहेको थियो ।
लगातार उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन । उनलाई अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेको थियो ।
उनको बुधबार साँझ अचानक निधन भएको हो । उनलाई नर्भिक अस्पतालले २०७८ जेठ २७ गते घरबाटै उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले आफ्नै खर्चमा उपचार गराइरहेको थियो ।
निशाले फिल्म ‘मधेशीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।
