काठमाडौं : सुन्दरी अभिनेत्रीको रुपमा चिनिने नायिका सञ्चिता लुइटेलले ‘म राजेश हमाल’ मा काम गर्ने भएकी छिन् । निर्माण युनिटले सञ्चितालाई उक्त चलचित्रका लागि छनौट गरेको हो ।
चलचित्रको कथाबस्तु मन परेको कारण नै काम गर्नका लागि आफु तयार भएको उनको भनाई थियो । यो चलचित्र अरु भन्दा फरक भएको उनले बताईन् । यसमा अहिलेसम्म गरेको भन्दा फरक भूमिका पाएकोले काम गर्न तयार भएको उनले बताईन् ।
चलचित्रमा काम गर्नका लागि आफु निकै उत्साहित रहेको समेत उनको भनाई छ । पछिल्लो समय कोरोना भाइरसको कारण चलचित्र क्षेत्रबाट टाढा रहेको भन्दा फेरि कमब्याक गर्न पाउँदा खुशी लागेको उनले बताईन् ।
