काठमाडौं। अभिनेत्री तथा इन्टेरियर डिजाइनर अलंकृता सहायलाई बाथरुममा बन्धक बनाएर लुटेराको एक समूहले साढे ५ लाख नगद लुटेका छन् ।
उनको चण्डीगढको सेक्टर–२७ को घरमा हिजो मध्यान्ह् १२ बजेको समयमा ३ लुटेरा पसेर चक्कु देखाउदै उक्त नगद लुटेका हुन् । त्यसपछि दुई घण्टा घरमै बसेर सबै पैसा संकलन गरेपछि घरको छतबाट भागेका थिए ।
लुटेराले उनलाई एटीएम र एटीएमको पिन पनि मागेको थियो । त्यसपछि एटीएमको माध्यमबाट लुटेराले ५० हजार रुपैंयाँ निकालेका थिए । प्रहरीले उनको कोठाको सिढीमा राखिएको सीसीटीभी फुटेजका आधारमा लुटेराको पहिचान गरेको छ । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।
अलंकृता सन् २०१४ को ‘मिस इण्डिया अर्थ’ विजेता हुन् । उनी सेक्टर २७ मा एक लेफ्टिनेन्ट कर्णेलको घरको दोस्रो तलामा बस्छिन् ।
