काठमाडौँ ।
“ए फुलमाया एता आइजा एउटा कुरा सुन त,
यति राम्रो जोवन लान को आउने हो कुन त रु”
प्रकाश सपुतले बजारमा ल्याएको यो तीज गीतले समसामयिक विषयलाई जोड्दै अहिलेको युवापुस्ताको मन छुन सफल छ । केही समय पहिलेसम्म यो गीत युट्युबको एक नम्बर पर्नुले त्यो देखाएको छ । गीतको शब्दसँगै देखिने श्रव्यदृश्यमा दुई चेली ओझिलो संवादसहितको अभिनय देखिन्छ । पँधेरोबाट फर्किँदै गर्दा सङ्गिनी आइपुग्छिन् र संवाद सुरु हुन्छ ।
‘डाक्टर, पाइलट, इञ्जीनियर, सुब्बा नायक आए,
जुन पेशाको भए पनि हुनुपरो लायक ।’
अझै पनि छोरीको विवाह राम्रो व्यक्तिभन्दा पनि राम्रो पेशाका व्यक्तिसँग होस् भन्ने चाहना परिवारको छ । त्यसलाई चिर्दै गीतले पेशाभन्दा जीवनको लायक श्रीमान् प्राप्त गर्ने चाहनालाई चरितार्थ पार्न खोजेको छ । नायिका आँचल शर्मा र स्वस्तिमा खड्कालाई पात्र बनाई सपुतले समाजमा फरक खालको सन्देश दिन खोजका छन् । गीत छोटो समयमा नै एक करोड दर्शकले हेरेका थिए ।
