काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ४० हजार ७ सय ३९ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड ६० लाख ८४ हजार ५ सय ३४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ८ सय ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ लाख ५२ हजार ६ सय ४० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ८५ हजार ८ सय २३ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २० करोड २६ लाख ९२ हजार ७ सय ७८ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख ८० हजार २ सय ७४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड २१ लाख ४० हजार ४२ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड २० लाख ४६ हजार ५ सय ८५ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ८७ हजार १ सय ३८ पुगेको छ भने संक्रमितको संख्या २ करोड १० लाख ६ हजार ४ सय २४ पुगेको छ ।
