• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ महानगरको भूमिगत तलासहितको ८ तले भवन शिलान्यास


  •   सोमबार, असोज २५, २०७८ मा प्रकाशित
  • काठमाडौँ महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ । भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् ।

    Advertisement

    हालको वातावरण विभाग रहको जमिनको करीब ६ रोपनी क्षेत्रफलमा सो भवन भन्न लागेको हो । भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिए ।

    ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्रही मैत्री हुनुपर्छ भनेर त्यहि अनुसार अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन चाहेका थियौँ । विभिन्न कारणले त्यहाँ केन्द्रीय भवन बनाउन सम्भव भएन । आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।’

    उनले हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गरे । उनले राम्रो कामको सुरुवात गर्न समयसिमा नुहने भन्दै आफ्नै कार्यकालमा सिलान्यास हुँदा खुशी लागेको बताए ।  ‘रुख रोप्नु ठूलो कुरा हो,’ उनले भने, ‘यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन । त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कस्ले खान्छ भन्ने ठूलो कुरा होइन ।’

    उनले सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए ।  ‘अहिले महानगरपालिकाका कार्यालय धेरै ठाउँमा छरिएर रहेकाले सेवाग्राहीलाई सेवा लिन समस्या हँदै आएको छ,’ शाक्यले भने ‘हामीले एउटै थलोबाट भोलि होइन आज, आज होइन अहिले नै सेवा दिनुपर्छ भन्ने प्रतिवद्धता अनुसार हामीले सेवा दिन सकिरहेका थिएनौँ । अब यो भवन निर्माणपछि सेवा सहज र सुलभ हुने र सबैले एउटै स्थानबाट सेवा प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।’

    उनले केन्द्रीय भवन पनि सुविधासम्पन्न हुने जानकारी दिए ।  ‘हामीले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने गरेको थियो,’ उनले भने, ‘अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजान्छौँ । वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । हामीले निर्माण गरेका र निर्माण भैरहेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ ।’

    हरिभवनमै केन्द्रीय कार्यालय बनाउने योजना भए पनि केहीले व्यक्तिगत स्वार्थ राखेर गरेको विरोधका कारण सम्भव नभएको भन्दै उक्त भवनको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए । उनले निरन्तर जनताको सेवामा रहने हो भने राजनीतिमा पूर्णविरामा नहुने पनि प्रष्ट पारे । ‘म जनताको चाहनाले मेयर भनेको हुँ,’ उनले भने, ‘त्यसैले जनताको सेवा गर्दा केही विवाद आउँछन् । ती विवादबाट भागेर होइन व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’

    उनले विगतमा रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, कमलपोखरी पुर्ननिर्माणका सिलसिलामा विवाद गर्नेहरुले पनि अहिले पश्चताप गरिरहेको बताए ।  ‘अहिले महाराजगञ्जमा निर्माण गर्न लागेको दमकल भवनका सन्दर्भमा पनि केहीले विवाद गर्न खोजेका छन्,’ उहाँले भन्नुभयो, ‘हामी सबैसँग बसेर छलफल गरेर व्यवस्थापन गरेर अघि बढ्छौँ ।’

     

    सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.