• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘सूर्यवंशी’मा रोहित सेट्टीले आफ्नो ट्रेडमार्कभन्दा बढी के दिएका छन्?


  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
  • समीक्षा
    सन् सत्तरी दशकको आखिरी र असी दशकको सुरूतिर बलिउडमा मनमोहन देसाई भन्ने फिल्म निर्देशक थिए। अमर अक्बर एन्थनी, नसिब, सुहाग, धरमवीर, परवरिश, कुली लगायत एकसेएक सुपरहिट फिल्म दिएका मनमोहन देसाईले सुपर स्टार अमिताभ बच्चनको करिअर सपार्न ठूलो भूमिका खेले।

    Advertisement

    दर्शकको नाडी छाम्न पोख्त यी निर्देशकलाई सिनेमा हलभित्र कुन बेला हाँसोको फोहोरा छुट्छ र कुन बेला आँशुको बाढी आउँछ भन्ने राम्ररी थाहा थियो। त्यही भएर उनका फिल्म हाँसो र आँशुले भरिएको मसालेदार हुन्थे। मनोरञ्जनको मात्रा पनि भयंकर धेरै हुन्थ्यो।

    त्यसपछि असी र नब्बे दशकमा अर्का निर्देशक सुभाष घईले बलिउडमा धूम मच्चाए।

    ‘यङ शो–म्यान’ भनिने सुभाष घईलाई आफ्नो समयमा मनमोहन देसाईजस्तै दर्शकको मन जित्न माहिर मानिन्थ्यो। उनले हिरो, मेरी जंग, राम लखन, कर्मा, सौदागर, खलनायक, परदेश, तालजस्ता एकसेएक सुपरहिट फिल्म दिएका छन्। जैकी श्राफ, अनिल कपुर, मिनाक्षी शेषाद्री, माधुरी दीक्षित र मनिषा कोइरालाको करिअरमा उनको ठूलो हात छ।

    मसालेदार मनोरञ्जनपूर्ण सिनेमा बनाउनमा देसाई र घईकै लिगमा पर्छन् रोहित सेट्टी, जसलाई पछिल्लो समय बलिउडका ‘हिट मेसिन’ भनिन्छ। उनले बनाएका धेरैजसो फिल्मले सय करोडभन्दा बढी आम्दानी गरेको छ।

    यथार्थ र कलाको ठूलो सैद्धान्तिक बोझ नबोकी मनोरञ्जनात्मक व्यावसायिक सिनेमा बनाउने यी तीन निर्देशकका आ–आफ्नै विशेषता छन्।

    मनमोहन देसाईका फिल्म प्रायः पारिवारिक हुन्छन्। परिवारका सदस्यको मिलन र विछोडलाई उनी प्रधान विषय बनाउँछन्। सुभाष घईका फिल्ममा प्रेमलाई प्रधान बनाइएको हुन्छ। विभिन्न कष्टपूर्ण समयमा गाँसिने प्रेम सम्बन्ध र त्यो सम्बन्धमा आउने उतारचढावलाई उनी सिनेमाको कथावस्तु बनाउँछन्।

    रोहित सेट्टी यो मामिलामा अलि फरक छन्।

    पारिवारिक सम्बन्ध र प्रेम त हिन्दी सिनेमाका निम्ति पर्याय नै भइहाले जसबाट रोहित अछुतो छैनन्। तर त्योभन्दा बढी उनका सिनेमाको एउटा खास विशेषता हुन्छ- एक्सन। उनी ‘लार्जर द्यान लाइफ’ अर्थात् वास्तविकताभन्दा धेरै टाढाका एक्सन दृश्य पर्दामा उतार्छन्।

    गत शुक्रबारबाट नेपालसहित संसारभरि रिलिज ‘सूर्यवंशी’ रोहित सेट्टीको यो ट्रेडमार्कलाई निरन्तरता दिन सफल छ।

    तपाईंलाई रोहित सेट्टीका एक्सन दृश्यहरू याद छन् नि!

    सलाइका बट्टाझैं गाडीहरू फुतुफुतु उड्ने, एकमाथि अर्को गाडी ठोक्किएर-खप्टिएर विष्फोटन हुने र त्यही विष्फोटनबाट उठेको आगोको लप्काबाट फुत्त निस्केर हिरोहरू कालो चस्मा लगाउँदै ‘स्लो मोसन’ मा हिँड्ने– यी रोहितका ट्रेडमार्क एक्सन दृश्य हुन्।

    उनका हिरो गुड्दागुड्दैको गाडीबाट बाहिर आउँछन्। यता हिरो भिलेनमाथि मुक्का बर्साउन थालिसकेका हुन्छन्, पछाडि पृष्ठभूमिमा उनी चढेर आएको गाडी फनफनी घुमिरहेकै हुन्छ। उनका हिरो गाडीकै गतिमा दौडिन्छन् र गुड्दागुड्दैको गाडीबाट भिलेनलाई आफ्नो पञ्जाले समातेर बाहिर थुत्छन्।

    तपाईं रोहित सेट्टीका यस्ता एक्सन दृश्यको फ्यान हुनुहुन्छ भने ‘सूर्यवंशी’ ले कसैगरी निराश बनाउने छैन।

    उनका अघिल्ला फिल्महरू सिंघम, सिंघम रिटर्न्स र सिम्बाजस्तै वा त्योभन्दा बढी नै एक्सनको भरमार छ सूर्यवंशीमा। पहिलेभन्दा बढी त हुनुपर्‍यो नै, किनभने यो फिल्मबाट सिंघम (अजय देवगन) र सिम्बा (रणवीर सिंह) को जोडीसँगै रोहित सेट्टीको एक्सन-ग्याङमा अक्षय कुमार (वीर सूर्यवंशी) ले प्रवेश गरेका छन् जसले आफ्नो मार्सल आर्ट र एक्सन दृश्यहरूबाटै बलिउडमा पहिचान बनाए।

    भन्नुको मतलब, यसमा सिंघम र सिम्बामा जस्तै गाडी उड्ने, पड्किने र गुड्दागुड्दैको गाडीबाट भिलेनलाई थुतेर भक्कुमार चुट्ने दृश्य त छँदैछन्, त्योभन्दा एक कदम अगाडि बढेर भिलेनलाई पक्रिन उडिरहेको हेलिकप्टरमा झुन्डिने अक्षय कुमारको ‘एक्सन ट्रेडमार्क’ पनि छ।

    फिल्मको क्लाइमेक्समा अजय देवगन अक्षय कुमारलाई सोध्छन्, ‘तँ सधैं हवाईजहाजमा झुन्डिएर किन इन्ट्री मार्छस्?’

    जवाफमा अक्षय भन्छन्, ‘अनि तँलाई चाहिँ सधैं गाडी गोलगोल घुमाएरै इन्ट्री लिनुपर्छ?’

    क्लाइमेक्सको म्याराथन बमबारी र मुक्केबाजीबीच कमेडी स्वाद दिन घुसाइएको यो संवादले ‘सूर्यवंशी’ को समग्र एक्सन मुड झल्काउँछ।

    तर के कोरोना महामारीका कारण दुई वर्षदेखि ‘होल्ड’ गरिएको सूर्यवंशीमा सिंघम र सिम्बाजस्तै एक्सन मात्र छ?

    के रोहितले यसमा आफ्नो पुरानो ट्रेडमार्कभन्दा बढ्ता केही दिएका छैनन्?

    यदि तपाईंहरूको मनमा पनि सूर्यवंशीलाई लिएर यस्तै प्रश्न छन् भने भनिहालुँ, यो फिल्ममा रोहितले आफ्नो स्टाइलभन्दा थोरै भए पनि पृथक स्वाद दिन खोजेका छन्।

    के हो त त्यो स्वाद?

    यो फिल्म मुम्बई प्रहरीको एउटा ‘हाइपोथेसिस’ अर्थात् परिकल्पनामा आधारित छ।

    सन् १९९३ को मुम्बई बम विष्फोटनपछि अनुसन्धान अधिकारीहरूले भनेका थिए, ‘मुम्बईमा सिलसिलाबद्ध बम विष्फोट गराउन ७ हजार किलो आरडिएक्स, ३०० भन्दा बढी एके–५६, दसौं हजार राउन्ड गोली र सयौं ग्रिनेड तस्करी गरेर ल्याइएको थियो। यी सबै आरडिएक्स र हतियार विष्फोनमा प्रयोग भने भएनन्।’

    त्यति बेला १ हजार ४ सय किलो आरडिएक्स मुम्बईभन्दा बाहिर मुम्ब्राको एउटा फ्ल्याटबाट प्रहरीले बरामद गरेको थियो भने थप २ हजार ३ सय ८० किलो आरडिएक्स समुद्रमुनि लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। केही केटाकेटीले माछा मार्दा ठूलो झोलामा पोको पारेर राखिएको आरडिएक्स बरामद भएको ‘इन्डिया टुडे’ पत्रिकाले लेखेको थियो।

    ‘यसबाहेक कम्तिमा ३ हजार किलो आरडिएक्स अझै पनि मुम्बईको जमिनमुनि कतै लुकाएर राखिएको छ। यो भनेको मुम्बई विष्फोटनमा प्रयोग भएको आरडिएक्सभन्दा दस गुना बढी हो,’ इन्डिया टुडेले प्रहरीलाई उद्धृत गर्दै १९९३ अप्रिल ३० मा प्रकाशित एउटा समाचारमा लेखेको थियो।

    आज पनि मुम्बईको गर्भमुनि लुकाएर राखिएका ती आरडिएक्स कहाँ छन् कसैलाई थाहा छैन।

    प्रहरीको अनुमान सही हो कि होइन भन्ने पनि कसैले यकिनसाथ भन्न सकेको छैन। यसबारे बेलाबेला समाचार आउँछन् तर ठोस तथ्यसम्म प्रहरीहरू पुग्न सकेका छैनन्।

    मुम्बई प्रहरीको अनुमान साँचो हो भने भारतको सुरक्षा निम्ति साँच्चिकै जोखिमपूर्ण अवस्था हो। मुम्बई विष्फोटनसँग जोडिएका व्यक्तिहरू आज पनि जीवित छन् र भारतको सुरक्षामा खलबली मच्चाउन उनीहरूले जमिनमुनि लुकाएर राखेको आरडिएक्स कसैगरी प्रयोगमा ल्याए भने के होला?

    के कुनै प्रहरीमा त्यति सामर्थ्य, शक्ति वा सुझबुझ होला जसले जमिनमुनि लुकाइएको आरडिएक्स पत्ता लगाएर मुम्बईलाई खतराबाट मुक्ति दिलाउन सक्छ?

    ‘सूर्यवंशी’ मा यो बिँडो उठाएका छन् आतंकवाद नियन्त्रण ब्युरोका होनहार अफिसर ‘वीर सूर्यवंशी’ अर्थात् अक्षय कुमारले।

    यो फिल्म सन् १९९३ को मुम्बई विष्फोटनबाटै सुरू हुन्छ। त्यही विष्फोटनमा आफ्ना आमाबुवा गुमाएका अक्षय कुमार पछि आतंकवाद नियन्त्रण ब्युरोमा आएर मुम्बई विष्फोटनसँग जोडिएका व्यक्तिहरूसँगै उल्झिन पुग्छन्।

    वास्तविकतामा जस्तै फिल्ममा पनि मुम्बई प्रहरीको एउटा हाइपोथेसिस छ– विष्फोटन निम्ति आतंकवादीहरूले एक हजार किलो आरडिएक्स भित्र्याएका थिए। तीमध्ये ४ सय किलो प्रयोग भए र बाँकी ६ सय किलो आज पनि मुम्बईको जमिनमुनि कतै लुकाएर राखिएको छ।

    सूर्यवंशी यही परिकल्पनालाई उधिन्छन् र त्यो ६ सय किलो आरडिएक्स पत्ता लगाएर मुम्बईमा १९९३ भन्दा ठूलो विष्फोटन गराउने षड्यन्त्र असफल पारिदिन्छन्।

    फिल्मका अन्य शैली, खासगरी एक्सन र रोमान्स रोहित सेट्टीका अघिल्ला फिल्मभन्दा फरक छैनन्। तर कथाको सुरूआत जसरी एउटा यथार्थ घटनामा टेकेर गरिएको छ, त्यसले रोहितको यो फिल्मलाई विशेष बनाउँछ। कतै उनी यथार्थ घटनालाई कल्पना र एक्सनको कलेवर दिएर आफूमाथि लागेको ‘हावादारी’ फिल्म बनाउने निर्देशकको ट्याग मेट्न त चाहँदैनन?

    सूर्यवंशीले बलिउडमा अर्को एउटा शैली पनि मजबुत बनाउन खोजेको देखिन्छ। त्यो हो, शृंखला अर्थात् सिरिजको शैली।

    हलिउडमा एउटै पात्रलाई निरन्तरता दिँदै थुप्रै शृंखलाबद्ध फिल्म बनाउने ट्रेन्ड लामो समयदेखि चल्दै आएको छ। बलिउडमा पहिले यस्तो ट्रेन्ड थिएन। पछिल्लो समय बलिउडले पनि एउटै पात्रलाई एकपछि अर्को फिल्ममा निरन्तरता दिने शैली पछ्याएको छ।

    राजकुमार हिरानीको मुन्नाभाई शृंखला (मुन्नाभाइ एमबिबिएस र लगे रहो मुन्नाभाइ) त्यसको सबभन्दा सफल प्रयोग हो।

    रोहित सेट्टीले पनि सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशीमा त्यही शैली अपनाएका छन्। ‘सुपर–कप’ अर्थात् बहादुर प्रहरी अधिकृतको पेसागत जीवनमा आधारित यी फिल्ममा सिंघम पात्रलाई प्रमुख रूपमा उभ्याइएको छ। सिम्बाको आखिरीमा रणवीर सिंहको ज्यान बचाउन सिंघमको प्रवेश भएजस्तै यहाँ पनि सूर्यवंशीको अनुसन्धान सफल पार्न सिम्बा र सिंघमको जोडीले प्रवेश गर्छन्।

    यो शृंखलामा रोहितले एउटा अलग शैली अपनाएका छन्। यसअघि उनले सिम्बाको अन्तिम दृश्यमै सूर्यवंशी पात्र उठान गरेर आफ्नो अर्को फिल्म घोषणा गरेका थिए। यसले सूर्यवंशीमा पनि निरन्तरता पाएको छ। यसमा कुनै नयाँ पात्र उठान त गरिएको छैन तर नयाँ विषयवस्तु उठाइएको छ जसमाथि रोहितको आगामी फिल्म ‘सिंघम ३’ बन्नेछ।

    फिल्ममा अक्षय कुमार, अजय देवगन र रणवीर सिंह आ–आफ्नो भूमिका र एक्सनमा जमेका छन्। कट्रिना कैफले अभिनय गर्ने खास मौका पाएकी छैनन्। मौका पाएका ठाउँमा पनि खासै जमेकी छैनन्।

    आफ्ना सहकर्मीहरूको नाम भुल्ने अक्षयको बानीले एक्सनको भरमारबीच हाँस्ने मौका दिन्छ। तर ती दृश्य कहिलेकाहीँ एकदमै अस्वाभाविक लाग्छन्।

    एक्सनपछि फिल्मको सबल पक्ष ब्याकग्राउन्ड म्युजिक हो। गोली चलेको, बम पड्केको, टायरको आवाज, रेल कुदेकोजस्ता साउन्डबाटै ब्याकग्राउन्ड सिर्जना गर्ने शैली राम्रो सुनिएको छ।

    पटकथा भने त्यति जमेको छैन। आतंकवादी समूहको पृष्ठभूमि र उनीहरूको भारत-पाकिस्तान ओहोरदोहोर बुझाउन धेरै समय खर्चिइएको छ र त्यसको निम्ति सूर्यवंशीको पात्र चित्रणमा सम्झौता गरिएको छ।

    यसअघि सिंघम र सिम्बामा दुवै प्रहरी अधिकारीको व्यक्तिगत जीवन, उनीहरूको गाउँ र पृष्ठभूमि एकदमै राम्ररी प्रस्तुत गरिएको थियो। यसले दुवै फिल्मलाई जीवन्त बनाएको थियो। सूर्यवंशीमा त्यो अभाव महशुस हुन्छ। यो फिल्ममा सूर्यवंशी ‘सुपर-कप’ मात्र छन्, त्योभन्दा बढ्ता केही छैनन्।

    फिल्मको सबभन्दा कमजोर पक्ष क्लाइमेक्स हो। तीन जना सुपर-कपलाई एकसाथ मैदानमा उतारेपछि हरेकका भागमा बराबर दृश्य राख्ने लोभ वा बाध्यताले क्लाइमेक्स अत्यन्तै लामो भएको छ। लगातार मुक्केबाजी र विष्फोटनले दर्शकलाई बोर गर्छ। तीन जनासँग भिड्न चाहिनेभन्दा बढी नै व्यक्तिलाई रोहितले पर्दामा उतारेका छन्।

    गुलियो पनि धेरै खायो भने तितो हुन्छ भनेजस्तै, क्लाइमेक्सको फाइट हेर्दा हेर्दा, हेर्दा हेर्दा, हेर्दा हेर्दा दर्शकलाई फिल्म कहिले सकिएला जस्तो हुन्छ।

    बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.