• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘अर्थतन्त्रको संरचनामा आएको परिवर्तनले आधुनिकीकरणको आधार तयार भएको छ’


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • दक्षिण एसियामा हामी सबैभन्दा पुरानो र प्रत्यक्ष उपनिवेशबाट जोगिएको राष्ट्र हौँ । ब्रिटिस–इन्डियाकालीन समयमा हामीले बेलायतसँग युद्ध लड्यौँ । त्यसपछि नै बेलायतलाई अत्यन्त सस्तोमा सैन्य योद्धाहरू पठाउन थाल्यौँ र एकखाले मित्रवत सम्बन्ध कायम गर्यौँ ।
    नेपालको भूपरिवेष्ठित अवस्थितिले पनि हाम्रो स्वतन्त्रतालाई रक्षा गरेको थियो ।

    Advertisement

    अर्कोतर्फ हाम्रो भूबनोटले व्यापारमा हाम्रो ढुवानी लागत उच्च थियो । अनि, बाँकी विश्वसँगको अन्तरसम्बन्ध तथा मानिस, ज्ञान तथा पुँजी निर्माण गर्ने वस्तुको प्रवाह कम हुन्थ्यो । यसले गर्दा नेपालको आर्थिक वृद्धिदर पूर्ण रूपमा गतिहीन भएर रहिरह्यो । आर्थिक वृद्धिदर कमजोर रहिरहनुको मुख्य कारण हामीसँग अवसर नै कम थिए । आज पनि हामी दक्षिण एसियामा अफगानिस्तानपछि दोस्रो गरिब देश हौँ ।

    अर्थतन्त्रको आधुनिकीकरण र रोजगारी

    सन् १७६९ देखि सन् १९९० सम्म नेपाल पूर्णतः राजतन्त्र र बीचमा राणाहरूको शासनमा रह्यो । यद्यपि सन् १९६० देखि १९७० सम्म नेपालले प्रजातन्त्रको अभ्यास गर्न पाएको थियो । २०औँ शताब्दीमा नेपालमा तीन पटक व्यवस्था परिवर्तनका ठूला आन्दोलन भएका छन् । यसले नेपाललाई खुला, गतिशील र प्रजातान्त्रिक देशमा रुपान्तरण गरेको छ ।

    अवसर सिर्जना हुँदा अरू देशहरू जुन रफ्तारमा अघि बढे, नेपालले ती अवसरलाई छोप्न सकेन । यद्यपि अब अर्थतन्त्रको संरचनामा परिवर्तन आएको छ । हाम्रो अर्थतन्त्रलाई आगामी केही दशकभित्र आधुनिकीकरण गर्न सकिने आधार तयार भएका छन् ।

    सन् १९९० को दशकसम्म हामी मूलतः कृषिमा आधारित अर्थतन्त्र थियौँ । हामीसँग अरू अवसर अत्यन्त सीमित थिए र कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधाजसो हिस्सामा कृषि क्षेत्रले योगदान गर्दथ्यो । यसबीचमा कृषिको योगदान घटेर २४ प्रतिशतमा झरेको छ ।

    मुलुकमा रोजगारीको उपलब्धतामा न्यूनताका कारण धेरै नेपाली खाडी राष्ट्र र मलेसियालगायत श्रम गन्तव्यमा कामको खोजीमा विदेशिएका छन् । नेपालले सन् १९९० को दशकमा गरेका सुधारमध्येको एक ‘पासपोर्ट रिफर्म’ थियो, जुन मूलतः एउटा निर्णयका आधारमा हुने सुधार (स्ट्रोक अफ पेन रिफर्म) थियो । पहिले राहदानी सहजै पाइँदैनथ्यो ।

    हिजो जो न्यून उत्पादकत्व भएको निर्वाहमुखी कृषि पेसामा आबद्ध श्रमिकहरू थिए, उनीहरू आर्थिक कठिनाइको सामना गरिरहेका थिए । तिनीहरू आज सेवा क्षेत्रमा काम गर्न थालेका छन् । यद्यपि नेपालमा सेवा क्षेत्र त्यति श्रम–सघन क्षेत्र मानिँदैन । सेवा क्षेत्रका अलावा उनीहरू प्रविधि र उत्पादनमूलक उद्योगमा काम गरिरहेका छन् । यसले नेपाली अर्थतन्त्रलाई दीर्घकालीन लाभ दिने अपेक्षा गर्न सकिन्छ ।

    मुलुकमा रोजगारीको उपलब्धतामा न्यूनताका कारण धेरै नेपाली खाडी राष्ट्र र मलेसियालगायत श्रम गन्तव्यमा कामको खोजीमा विदेशिएका छन् । नेपालले सन् १९९० को दशकमा गरेका सुधारमध्येको एक ‘पासपोर्ट रिफर्म’ थियो, जुन मूलतः एउटा निर्णयका आधारमा हुने सुधार (स्ट्रोक अफ पेन रिफर्म) थियो । पहिले राहदानी सहजै पाइँदैनथ्यो ।

    विदेशमा छात्रवृत्ति पाएर पनि राहदानीका लागि तत्कालीन प्रशासनबाट सिफारिस नपाएको अनुभव हामीले पूर्वअर्थमन्त्री डा. रामशरण महतलगायतबाट सुन्दै आएका हौँ । तर, २०५४ साल फागुन १ बाट स्थानीय प्रशासनसमेतले राहदानी जारी गर्न सक्ने महत्वपूर्ण व्यवस्था भयो । फलस्वरूप वैदेशिक रोजगारीको लाभ नेपाली अर्थतन्त्रले लिइरहेको छ ।

    राजनीतिमा विकृति र कानुनी शासन 

    नेपालमा अझै पनि भ्रष्टाचार र अयोग्यता÷अदक्षताले सरकारलाई गाँजिरहेको छ, जसका कारण पूर्ण सम्भावनाको उपयोग हुन पाएको छैन । नेपालमा क्रान्तिबाट स्थापित भएका अर्थात् जनताको बलबाट सत्तामा आएका नेताहरू शक्ति केन्द्रीकरण गर्दै भ्रष्टाचारमा निर्लिप्त भएका छन् ।

    सरकारभित्र निश्चित कार्यकालसम्बन्धी सीमालगायत नियन्त्रण र सन्तुलन संयन्त्रको अभावका कारण यस्ता राजनीतिज्ञहरू आफ्नो शक्ति सुदृढीकरण गर्दै सरकारमा बारम्बार दोहोरिरहन चाहेको देखिन्छ । इमानदार र निष्ठावान भएर आकांक्षी नेताहरूले कार्यालय धान्न स्रोत जुटाउन गाह्रो छ । यसखाले भ्रष्टाचारले गर्दा निजी क्षेत्र र सरकारबीच मिलिभगत सिर्जना भएको छ ।

    पुँजीवादी व्यवस्थाको कुरुप अवस्था ‘क्रोनी–क्यापिटालिजम’ को अभ्यास नेपालमा खुलेआम भइरहेको छ । नेता–व्यापारी सम्बन्धले सिर्जना गरेका स्वार्थले राजनीतिक दलहरूभित्रै पनि तीव्र ध्रुवीकरण देखिन्छ । यी सबै कारणले प्रतिस्पर्धाको वातावरण समाप्त हुनेतर्फ उन्मुख छ ।

    नेपाली राजनीतिमा जरा गाडेर बसेको यस किसिमको विकृत समस्या समाधानका लागि प्रबुद्ध मतदाता आफैं सजग हुनुपर्छ । कुशासन र मन्द आर्थिक विकासको चक्रव्यूहलाई तोडेर मुलुकमा सुशासन र आर्थिक सम्भावनालाई सम्पूर्ण रूपमा उजागर गर्न मतदाताको विवेक र सजगता नै प्रजातान्त्रिक व्यवस्थामा महत्वपूर्ण औजार हुन्छ ।

    फेरि खराब नेताहरूले कम शिक्षित, कम चेतना भएको समूहका मतदातालाई सुदृढ गर्छन् (चुनाव जित्ने हतियार बनाउँछन्) भने असल र विवेकी नेताहरूले प्रबुद्ध, जागरुक र सही विचार, दृष्टिकोण तथा चिन्तन गर्नेहरूको मतदाताको आधारलाई सुदृढ गराउँछन् । हामीलाई असल र विकेकी नेता अनि प्रबुद्ध नागरिक समाज चाहिएको छ ।

    यदि मतदाताको सहभागिता नै प्रबुद्ध हुँदैन, जनस्तरबाट सुधारको मागै हुँदैन, जवाफदेहिता खोजिँदैन भने हामी खराब शासन प्रणालीमा बाँच्न अभिशप्त छौँ भन्ठान्नुपर्छ ।

    सुशासन, जवाफदेहिता, कानुनी शासन हुनेबित्तिकै सुधारले स्वतः गति लिन थाल्छन् । त्यी सुधारले आर्थिक विस्तारलाई बढावा दिन्छन् । जब मतदाताबीचबाटै कस्तो नीति अवलम्बन गरेर कुन–कुन उपलब्धि हासिल गर्न सकिन्छ भन्ने मानक तयार हुन्छ, यसले शासन–प्रशासन सञ्चालन गर्नेलाई उनीहरूप्रति जवाफदेही, प्रतिबद्ध र परिणाममुखी बनाउन मद्दत गर्छ ।

    सुशासन, जवाफदेहिता, कानुनी शासन हुनेबित्तिकै सुधारले स्वतः गति लिन थाल्छन् । त्यी सुधारले आर्थिक विस्तारलाई बढावा दिन्छन् । जब मतदाताबीचबाटै कस्तो नीति अवलम्बन गरेर कुन–कुन उपलब्धि हासिल गर्न सकिन्छ भन्ने मानक तयार हुन्छ, यसले शासन–प्रशासन सञ्चालन गर्नेलाई उनीहरूप्रति जवाफदेही, प्रतिबद्ध र परिणाममुखी बनाउन मद्दत गर्छ ।

    नेपाल यतिबेला दुई परस्पर विरोधी अभ्यासलाई सन्तुलन गर्न नसकिने गरी उत्कर्षमा आइपुगेको छ– एकातिर मुलुक भ्रष्टाचारको विकराल अवस्थामा छ, अर्कोतर्फ नेपाली लोकतन्त्रले सुदृढीकरण खोजिरहेको छ । भ्रष्टाचारको चपेटामा परेको मुलुकमा हरदम लोकतन्त्रमाथि खतरा सिर्जना भइरहन्छ । लोकतन्त्र सुदृढ हुनु भनेको जनउत्तरदायी, जवाफदेही, पारदर्शी र प्रतिस्पर्धामा आधारित व्यवस्थाको बलियो आधार तयार हुनु हो ।

    विद्यमान अवस्थाबाट मुलुकको भविष्य नियाल्दा एकातर्फ त्रास सिर्जना हुन्छ भने अर्कोतर्फ आशाका किरणहरू पनि देखिन्छन् । मुलुकको विकासका लागि नयाँ–नयाँ चुनौती थपिएका छन् ।  सन् २०१५ को विनासकारी भूकम्पले जस्तै प्राकृतिक विपद्ले हाम्रो दशकौँदेखिका विकासका उपलब्धिलाई निमेषभरमा खत्तम पारिदिने जोखिम पनि त्यत्तिकै छ ।

    जोखिम र समृद्धिको अवसर

    जलवायु परिवर्तनले नेपालमा प्राकृतिक विपद्को जोखिम थपेको छ । विश्वव्यापी तापमान वृद्धिसँगै विश्वभर अग्ला स्थानतर्फ बढिरहेको तापक्रमले हाम्रा हिमाललाई जोखिममा पारेको छ । जलवायु परिवर्तनले सिर्जना गर्ने अनेकन चुनौती सँगसँगै नेपालको विकासका लागि क्रमशः जनसांख्यिक चुनौती पनि थपिँदै छ ।

    आगामी दशकदेखि हाम्रो समुच्च (एजिङ) जनसंख्या बाँकी जनसंख्याको तुलनमा धेरै हुन्छ भने सन् २०५४ पछि नेपाल प्रौढ समाजमा रुपान्तरण हुनेछ । यसले हाम्रो सामाजिक सुरक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लागत बढाउँछ भने काम गर्न सक्ने अर्थात् उत्पादक जनसंख्याको आकार सानो हुनेछ ।

    पाँच दशकपछि नेपाल अल्पविकसित मुलुकबाट विकासशील नेपालको खुड्किलो चढ्दै छ । विकासशील राष्ट्रमा रुपान्तरणका लागि मुख्य तीन सूचक– प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव पुँजी सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये प्रतिव्यक्ति आयसम्बन्धी मापदण्ड नपुगे पनि अन्य दुई सूचकका उपलब्धिबाट स्तरोन्नति हुने भएको छ । सम्भावनाका बाबजुद विकासको सुस्त रफ्तारले नेपाल विकसित नहुँदै प्रौढ समाजमा रुपान्तरण हुने जोखिम उत्तिकै छ ।

    नेपालको विकास र समृद्धिका लागि अवसर अहिले पनि उपलब्ध छन् तर हामीले ती अवसरको सदुपयोग गर्न सक्नुपर्छ । यसका लागि सरकारमा स्पष्ट दृष्टिकोण, सुशासन, पारदर्शिता, मजबुत बाह्य सम्बन्ध र सहकार्य आवश्यक हुन्छ । सरकारले उच्च आर्थिक विस्तार हासिल गर्न उपलब्ध अवसरसँगै आफ्ना कदम चाल्न नसक्दा हामीले अत्यन्त महत्वपूर्ण अवसर गुमाउँछौँ कि भन्ने चिन्ता नेपालीमाझ व्याप्त छ ।

    मुलुकको नेतृत्व गर्दै आएका दलहरूको नेतृत्वमा प्रबुद्ध युवा नेतृत्वको उदय, नेपालको डिजिटाइजेसनतर्फको यात्रा साथै स्वच्छ र नवीकरणीय ऊर्जा–जलविद्युत्को प्रचुर सम्भावनाले भने व्याप्त निराशाका बीच केही हदसम्म आशाको सञ्चार गराएको छ ।

    (लेखक डा.स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष  हुन्) 

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.