निराज रानाभाट , , काठमाडौं : जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ । सो अभियानले गत ९ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी ०१ ( पुस १७ गते ) का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताए ।
वि.सं. २०६८ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरूपमा हटाएपछि त्यसलाई स – सम्मान फिर्ता हुनुपर्ने माग सहित सरकारलाई दबाब दिन टोपी दिवस मनाउन थालिएको संस्थाका सचिव ज्ञानमणि नेपालले जानकारी दिए ।
काेराेना भाइरसको जोखिमका कारण यस वर्ष दिवसका अवसरमा प्रभातफेरिजस्ता जनप्रदर्शन भने नहुने भएको छ ।
