• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनका स्वास्थ्य संस्थाहरु समन्वयात्मक रुपमा काम गर्न प्रतिबद्ध, समन्वय गर्न समिति गठन


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • चितवन, ७ असोज । चितवनमा रहेका स्वास्थ्य संस्थाहरु हार्दिकतापूर्वक मिलेर काम गर्न प्रतिबद्ध भएका छन् । उनीहरुले समन्वय गरेर काम गर्न समिति समेत गठन गरेका हुन् । कान्तिपुर हेल्थ अनलाईनले हिजो बिहीबार साँझ भरतपुर गार्डेन रिसोर्टमा आयोजना गरेको “चितवनको स्वास्थ्य समन्वय र पहल” कार्यक्रममा उनीहरुले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको गुणस्तर बृद्धिका लागि थप सुधार्न मिलेर काम गर्न सकिनेमा सबैको एकमत थियो ।

    Advertisement

    भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेस, एनपिआई नारायणी सामुदायिक अस्पताल र निजी अस्पताल समन्वय समितिका प्रमुख र प्रतिनिधिले समन्वयात्मक ढंगले काम गर्दा यहाँको स्वास्थ्य सेवा थप मजबुद हुने बताउनुभयो । यहाँका अस्पतालहरुले पहिचान सहितको एक अस्पताल एक विशिष्टिकृत सेवा दिनुपर्नेमा पनि सहभागीहरुको जोड थियो ।

    एक अस्पतालमा नभएका सेवा जिल्लाकै अर्काे अस्पतालमा रिफर गर्ने, दुई वा त्योभन्दा बढी अस्पतालका चिकित्सक मिलेर एकै ठाउँमा जटिल उपचार र शल्यक्रिया एक साथ गर्ने, बायो इञ्जिनियर, प्लम्बर, इलेक्ट्रिसिन जस्ता जनशक्तिमा समन्वय गर्ने, हेल्थ ईक्वुमेन्टको अभाव हुँदा आदानप्रदान गर्ने, अस्पतालजन्य फोहोरमैला व्यवस्थापन जस्ता जटिल कार्यहरु मिलेर गर्ने कुरामा सहभागीहरुको एकमत रहेको छ ।

    सो अवसरमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले चितवनको स्वास्थ्य क्षेत्रको गुणस्तरको ग्राफ क्रमशः माथि गईरहेको भन्दै एक अस्पतालमा एक विशेषता हुने गरी तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “प्रसुतीका लागि भरतपुर अस्पताल उत्कृष्ट भने जस्तै मेडिकल कलेज र अन्य अस्पतालमा एउटा सेवामा विशेष जोड दिउँ । जसले गर्दा बिरामी बाहिर जानु पर्दैन ।” हतारहतारमा बाहिरबाट बिहान आएर बिरामी जाँचेर बेलुका फर्कनु पर्ने अवस्था चितवनमा अब नरहेको उहाँले बताउनुभयो ।

    चितवन मेडिकल सिटीका रुपमा विकास हुँदै गईरहेको चर्चा गर्दै डा. अधिकारीले राज्यले नीतिगत रुपमा मेडिकल सिटीका लागि पहल नगरे पनि आफूहरुको पहल निरन्तर हुनु पर्ने बताउनुभयो । राजधानी काठमाण्डौं नै उपचारका जान चाहने बिरामीको साईक्लोजी पनि रहेको भन्दै त्यसलाई चिर्ने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले एम्बुलेन्स सेवालाई युनिफाईड गर्नुपर्नेमा जोड दिनुभयो ।

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.निर्मल लामिछानेले यहाँ भएका सेवालाई थप विशिष्टिकृत गर्दै नभएका सेवाहरु भित्र्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले गुणस्तरीय सेवामा सबैले जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामी चिकित्सक मात्रै होइनौं, नागरिक पनि हौं, यहाँको स्वास्थ्य क्षेत्रको थप विकास गर्नु हाम्रो भूमिका आवश्यक छ ।”उहाँले चितवनका स्वास्थ्य क्षेत्र मिलेर काम गर्नुपर्छ भन्ने विषय उठान हुनु नै ठूलो कुरा भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले जिल्लामा सेवा विस्तार राम्रो हुँदै गएको भन्दै थप गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । सरोकारवालाहरु मिलेर काम गर्दा बिरामीलाई समेत फाईदा पुग्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो “अब हामी नेपालको कुनै ठाउँमा भन्दा उपचारमा कमजोर छैनौं ।” भारत र अन्य देश जाने बिरामीलाई रोक्ने गरी पूर्वाधार, उपकरण र जनशक्ति चितवनमै रहेको उहाँले बताउनुभयो ।

    उहाँले यहाँको स्वास्थ्य क्षेत्रलाई थप उत्कृष्ट बनाउन कोअर्डिनेशन कमिटी बनाएर अघि बढ्नु पर्ने बताउनुभयो । कमिटीमार्फत् मनिटरिङ र फलोअप गर्न सहज हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “राज्यका निकायमा समन्वय गर्न पनि कमिटी आवश्यक छ ।” नेपालका सबैभन्दा धेरै स्पेशलाईज सर्भिस (विशिष्टिकृत सेवा) चितवनमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र भरतपुरमा अस्पतालमा रहेका स्पशलिष्टहरु जोड्ने हो भने नेपालका अन्य शहरमाभन्दा धेरै स्पेशलिष्ट चितवनमा हुनुहुन्छ ।” यो कुरा सर्वसाधारणसम्म पुग्न नसक्दा चितवनको स्वास्थ्य क्षेत्रले चाहे जति सफलता पाउन नसकेको उहाँको भनाई छ ।

    कलेज अफ मेडिकल साईन्सेस भरतपुरका निर्देशक डा. भी नटराज प्रसादले आफूले साँझ अबेर काठमाण्डौंमा भिडियो एक्सरे गर्ने चिकित्सक नभेटेको चर्चा गर्दै यस हिसाबले चितवनका जनता भाग्यमानी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “चितवनमा चौबीसै घण्टा सबै स्वास्थ्य सेवा उपलब्ध छन् ।” उहाँले चितवनको सेवा उत्कृष्ट रहेको चर्चा गर्दै भन्नुभयो “यतिले हामीलाई सन्तुष्टि हुँदैन थप गुणस्तरीय सेवा दिनुपर्छ, त्यसका लागि सबै मिलेर काम गर्नुपर्छ ।” उहाँले थप्नुभयो “पहिलो काम मिलेर अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापनको काम गरौं ।” सरोकारवालासँगै मिलेर काम गर्न सकेमा स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्नेमा उहाँको जोड थियो ।

    कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले चितवनको स्वास्थ्य क्षेत्र उत्कृष्ट रहेर पनि मोफसल मानसिकता रहेको बताउनुभयो । उहाँले राज्यले योजना नगरे पनि चितवन मेडिकल सिटी बनिसकेको बताउनुभयो । उहाँले भन्नुभयो “कोअर्डिनेशन शुन्य छ, तर जनस्तरबाट मेडिकल सिटी बनिसक्यो ।” चितवनमा मर्यादित उपचारसहितको न्याय पाईन्छ भन्ने बनाउनु पर्ने डा. पौडेलको भनाई छ । उहाँले बाहिरी जिल्लाबाट उपचारका लागि आउने न्यून आय भएकाहरुको लक्षित गरी भरतपुरमा धर्मशाला निर्माण गर्नुपर्ने बताउनुभयो ।

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले आफूहरुले भरतपुर अस्पताल र दुई मेडिकल कलेजहरुसँग समन्वयात्मक ढंगले काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो “हिजोका दिनमा हामीसँग कुनै औषधि नहुँदा अरु अस्पतालहरुसँग मागेर काम गरेका छौं । उहाँहरुसँग नहुँदा हामीले दिएका छौं ।” समन्वयका लागि मेकानिजम बनाउनु पर्नेमा उहाँको जोड दियो । उहाँले भन्नुभयो “यस्ता छलफल निरन्तर हुनुपर्छ ।”

    कलेज अफ मेडिकल साईन्सेका आवासीय निर्देशक डा.मनोहर प्रधानले यहाँको स्वास्थ्य क्षेत्रमा अझै गर्न सकिने ठाउँ रहेको बताउनुभयो । उहाँले भन्नुभयो “उपचारको अन्तिम गन्तव्य चितवन हो भन्ने बनाउन सकिएको छैन ।” यहाँको स्वास्थ्य शिक्षा उत्कृष्ट रहेको चर्चा गर्दै डा. प्रधानले विदेशी विद्यार्थी ल्याएर पढाउन सके यहाँको पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो “विद्यार्थी भेट्न अभिभावकहरुरु आउँछन्, यहाँका पर्यटकीय स्थलको अवलोकन पनि गरेर जान्छन् ।” यहाँको स्वास्थ्य क्षेत्रमा कोअर्डिनेशन हुन सक्यो थप उपलब्धीपूर्ण हुने उहाँको भनाई छ ।

    चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले जिल्ला बाहिर अनावश्यक रिफर रोक्नु पर्ने बताउनुभयो । चितवनको स्वास्थ्यलाई केन्द्र, प्रदेश र स्थानीय तहले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने उहाँको भनाई छ । यस्तो छलफल कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा डा. दम्सालको जोड थियो ।

    कार्यक्रममा एनपिआई नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक बिष्णु कुँवरले अस्पतालहरुबीच हार्दिकता र समन्वय हुन नसक्दा यही उपचार हुन सक्ने बिरामीहरु पनि अन्यत्र रिफर हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “समन्वय भयो भने अहिले रिफर गरिएका ६० प्रतिशत बिरामी यही उपचार सम्भव छ ।”

    निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारीले समन्वयमा काम गर्न सकेमा काममा सहजतासँगै गुणस्तरमा सुधार आउने बताउनुभयो । जिल्लामै उत्कृष्ट सेवा दिन सकिने भए पनि उचित प्रचारप्रसारको अभावमा बिरामीहरु बाहिर जाने गरेको भन्दै उहाँले नेपालमा हुने स्वास्थ्य सेवा यही दिन सकिने बताउनुभयो ।

    सो अवसरमा कान्तिपुर हेल्थका प्रधान सम्पादक तिलक रिमालले जिल्लाका सरोकारवाला अस्पतालका प्रमुखहरुको उपस्थितिमा कार्यक्रम भएको यो पहिलो भएको बताउनुभयो । अस्पतालहरुबीच समन्वय हुन नसक्दा सर्वसाधारणले यही पाउन सक्ने सेवा लिन अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य गर्न कार्यक्रम आयोजना गरिएको रिमालको भनाई थियो । उहाँले अस्पतालहरुबीचको सम्बन्ध सुमधुर बनाउँदै यहाँको स्वास्थ्यको गुणस्तर सुधार गर्न कान्तिपुर हेल्थले सधैं सकारात्मक पहल गर्ने बताउनुभयो ।

    चितवनका स्वास्थ्य संस्थाबीच समन्वय गर्न समिति गठन

    छलफलपछि जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम, कलेज अफ मेडिकल साईन्सेसका आवासीय निर्देशक डा. मनोहर प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्साल र नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक बिष्णु कुँवर हुनुहुन्छ ।

    समितिले पहिलो काम यहाँको अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न समन्वय र पहल गर्नेछ । यसैगरी केन्द्र, प्रदेश र स्थानीय सरकासँग समन्वय गर्दै यहाँको स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्न समितिले काम गर्ने जनाईएको छ ।

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.