• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भुइँमा बस्नुका रोचक फाइदा, स्वस्थ फुर्तिलोदेखि आयु लम्बिनेसम्म


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • तपाईँलाई कहिल्यै कसैले वरपरको भुँइमा बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ भनेर भनेको छ ? सायदै होला ।

    Advertisement

    अहिलेसम्म हामीलाई धेरै बस्दा आयु छोटिन्छ भन्ने थाहा छ, दुखाइ र जीउ दुख्ने कुरा त छँदै छ ।

    तर, एक किसिमको बसाई यस्तो पनि छ जसले तपाईँको हिँडडुलमा मद्दत गर्ने, तपाईँलाई हलुका महसुस गराउने मात्रै हैन आयुसमेत बढाउन सक्छ ।

    यतिबेला कुरा आउछ चकटी हालेर बस्ने बसाईको सम्झना । एउटा खुट्टालाई अर्काेको माथि राखेर चकटी हालेर बस्नुले हिँडडुलका लागि शरीरलाई फाइदा गर्छ ।

    हिँडडुलले बुढेसकालका सीमितता जस्तो ढाड दुख्ने, लामो समय कम्प्युटर स्क्रिनमा बिताउँदाको काँध र घाटी दुख्नेलगायतका समस्याविरुद्ध पनि काम गर्छ ।

    यो सुझाव सैन्य क्षेत्रका व्यक्ति, ओलम्पिक खेलाडीदेखि वर्षाैंदेखि नदौडिएकाहरुको लागि पनि उपयुक्त नै रहने टाइममा प्रकाशित एक लेखमा उल्लेख छ ।

    भुइँमा बस्नु किन महत्वपूर्ण छ त ? पहिलो त यसले लामो समय कुर्सी, सोफा वा कारमा बस्दा बन्ने शरीरको दुखाई उत्तेजक पोजिसनलाई सामान्य स्थितिमा ल्याउँछ ।

    यस्तै यसले हाम्रो जिउँलाई लामो समय र दिनदिनै सोझो पोजिसनमा राख्न मद्दत गर्छ, यसो हुँदा अंग एवं मासंपेशीहरुको सन्तुलन स्वस्थ रहन जान्छ ।

    हाम्रो शरीर भुइँमै आधारित बसाइ पोजिसनका लागि बनेको हो, त्यसैले पनि धेरैजसो मानिसहरु सिटमा बस्दा बसाईको स्थिति फेरबदल गर्छन् र घुँडा टेकेर एवम् चकटी हालेर बस्छन् ।

    जब हामी कुर्सीमा परम्परागत तरिकाले लामो समय सोझो बस्छौं, तब हाम्रो तिघ्राको हड्डी, कम्मरभन्दा तलको भाग र हिप जोर्नी दुख्छ र हामी लामो समय यसै स्थितिमा बस्न सक्दैनौं ।

    यस्तोमा हाम्रो शरीरले पछाडिको लामो मासंपेशी र खुट्टालाई एकैतर्फ रहनेगरी राख्दै माथिल्लो शरिरलाई दायाँबायाँ कम हलचल गर्ने बनाउँछ ।

    यस्तो स्थितिमा रहन यी माशंपेशीहरुमा जोडबल पर्छ र यसले हाम्रो मेरुदण्डमा कठिनाइ सिर्जना गर्द असहज पार्छ ।

    तपाईँले पनि कुर्सीबाट उठ्दा असहज वा दुखाई महसुस कति पटक गर्नु भएको छ ?

    हरेक दिन भुइँमा बस्नुले यसरी बिग्रिएको शरीरको स्थितिलाई सामान्य अवस्थामा अथवा प्राकृतिक रुपमा जस्तो आकार हो त्यस्तैमा ल्याउन मद्दत गर्छ ।

    यसबाहेक अर्को फाइदा भनेको भुइँमा बस्नुले बिहान उठ्नेबेला झनै सशक्त हुन पनि मद्दत गर्छ, जुन अझै महत्वपूर्ण छ ।

    किनकि सन् २०१४ मा युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित अध्ययनले ५१ देखि ८० वर्ष उमेरका दुई हजार दुईजना महिला एवम् पुरुषहरुको उठ्न सक्ने क्षमताको मूल्यांकन गरेको थियो ।

    ६ वर्षपछि सहजै उठ्न सक्ने व्यक्तिहरुभन्दा भित्ता वा अन्य कुरामा टेकाएर उठ्नेहरुमा मृत्युको जोखिम उच्च रहेको पाइएको थियो ।

    सहजै उठ्न सक्नुले अय कमजोरीको सम्भावना कम र स्वस्थ रहेको संकेत गर्छ ।

    मानिसहरुमा चाँडै नै पनि कुप्रिने वा लड्ने जस्तो समस्या निम्तिन सक्छ जसलाई रोक्न सशक्त रुपमा उठ्न सक्ने क्षमताले मद्दत गर्छ र त्यसका लागि भुइँमा बस्नु महत्वपूर्ण छ ।

    त्यसैले एउटा भनेको उठ्ने र बस्ने परीक्षण आफुमाथि गर्न सकिनेछ र अर्काे भनेको भुइँमा बस्ने बानीको विकास गर्न सकिन्छ जसले सहजै उठ्न सक्नेदेखि दुखाइ कम गर्ने र हलुको महसुस गराउन सक्छ ।

    बस्ने र उठ्ने अभ्यास

    ढुंगा एवं दुखाइ गर्न सक्ने टुक्रा नभएको ठाउँमा एउटै खुट्टा अर्काेमाथि रहेकै अवस्थामा उभिएर विस्तारै खुट्टा क्रस स्थितिमा राखेरै भुईमा बस्नुपर्छ ।

    अब, यसै चकटी हालेको स्थितिबाट दुवै हात अगाडि तानेर (सम्भव भए घुँडालाई भुइमा नछोएर र हात कतै नलगाएर) उठ्नुपर्छ ।

    यदि तपाईँले एउटा खुट्टा अर्काेमाथि हालेर बसेर उठ्न सक्नु भयो भने यसले तपाईको हिपको फिलेक्जिबिलेटी राम्रो छ भन्ने देखाउँछ । तर, कुनै कुराको सहारा लिएर गर्न सकिए पनि राम्रो नै मानिन्छ । भुँइमा हात लगाएर वा सोफा, भित्तामा हात लगाएर पनि उठ्न सकिन्छ ।

    एकपटक यो अभ्यास सुरु गरेपछि पहिलो दिनमै राम्रो गर्न सकिन्छ भन्ने हैन, तर भुइँमा बस्ने र यो अभ्यास गर्न थालेपछि यो सहजरुपमा गर्न सकिन्छ ।

    भुइँमा बस्ने विधि ?

    पटक पटक गरी दिनमा करिब ३० मिनेट भुँइमा बस्नु फाइदा जनक मानिन्छ । तर, यसो भनिरहँदा ३० मिनेट नै बस्नु पर्छ भन्ने हैन, तपाइँ ५ मिनेट बसेर पनि यो सुरु गर्न सक्नुहुन्छ ।

    तपाईँ १० मिनेट पत्रिका पढ्दा, १० मिनेट फोनमा बोल्दा, १० मिनेट कफी पिउँदा वा १० मिनेट ल्यापटप चलाउँदा गरी ३० मिनेट भुइँमा बस्न सक्नु हुन्छ ।

    हामी कुनै फिल्म, सिरिज हेर्दा परिवारका अन्य सदस्यसँगै भुइँमा बस्न सक्छौं । अन्त्यमा, तपाइँले आफुलाई चकेटी हालेर बस्ने, उठ्ने अभ्यास र भुइँमा बस्न जबरजस्ती गर्नैपर्छ भन्ने भने छैन ।

    यसरी बस्दा हिपलाई कुर्सीमा बस्दा भन्दा फाइदा गर्ने भए पनि अन्य बस्ने तरिकाहरुले पनि यस्तोमा मद्दत गर्छन् ।

    एउटा खुट्टा अगाडि तेर्सो तानेर र अर्काे खुट्टा पछाडि तेर्सो नै तानेर ९०–९० डिग्रीको कोणमा बस्नुले पनि हाम्रो हिपलाई दुई फरक दिशामा घुमाउछ ।

    खुट्टा सोझै अगाडि र अर्काे खुट्टा पछाडि वा एकातिर तानेर बस्दा, हिँडडुलका लागि सक्रिय रहने हिपतिरको भागलाई, नितम्ब र तल्लो खुट्टाको पछाडिको भागलगायतलाई फुर्तिलो बनाउँछ ।

    उमेर अनुसार आफुलाई फुर्तिलो र सक्रिय राखेर स्वस्थ महसुस गर्न मानिसहरुले अनेकौं मापदण्ड पालना गर्नुपर्ने ठान्छन्, तर यो भने बच्चाहरुले पनि गर्न सक्ने अभ्यास हो ।

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.