नुनबिना खानाको स्वाद हुँदैन। तर नुनको अत्याधिक सेवनका कारण तपाईले धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ।
यदि केहि पनि चीजको कमी वा अधिक हुन्छ भने त्यसको संकेत हाम्रो शरीरमा देखिन थाल्छ। शरीरमा नुनको मात्रा बढी हुँदा पनि धेरै प्रकारका लक्षण देखिन्छन्। यस्ता छन् ती संकेतहरू-
पेट फुल्ने- नुनको सेवनले पेट फुल्ने समस्याको सामना गर्नुपर्छ। तपाईंले खाना खाइसकेपछि सामान्यभन्दा बढी फुलेको महसुस गर्नुभएको होला। मृगौलामा केही मात्रामा सोडियम पाइन्छ। यस्तो अवस्थामा शरीरमा आवश्यक भन्दा बढी सोडियम सेवन हुँदा मिर्गौलाले क्षतिपूर्तिको लागि बढी पानी रोकेर राख्नु पर्ने हुन्छ। जसले गर्दा पेट फुल्ने समस्या उत्पन्न हुन्छ। यो अवस्थालाई पानी प्रतिधारण वा तरल अवधारण भनिन्छ।
घाँटी सुख्खा हुनु– नुनको मात्रा बढी भएको चिजको सेवनले मुख सुख्खा बनाउँछ जसका कारण बारम्बार तिर्खा लाग्छ।
उच्च रक्तचाप – शरीरमा सोडियमको मात्रा बढी हुँदा उच्च रक्तचापको समस्याको सामना गर्नुपर्ने हुन्छ। रक्तचापमा यो परिवर्तन मृगौला मार्फत हुन्छ। धेरै नुन खाँदा मृगौलालाई तरल पदार्थ निकाल्न गाह्रो हुन्छ, जसले गर्दा रक्तचाप बढ्छ।
निद्रामा गडबडी- सुत्नुअघि सोडियमको मात्रा बढी भएको खानेकुरा खानुहुन्छ भने निद्रा नलाग्ने समस्याको सामना गर्नुपर्ने हुन सक्छ। राति सुत्नुअघि नुनयुक्त खानेकुरा खाँदा निद्रा नलाग्ने, बेचैनी महसुस हुने र राति बारम्बार उठ्ने समस्या हुन सक्छ।
हृदय रोग- नुनको अधिक सेवनले हृदय रोगको जोखिम बढाउँछ। त्यसैले मुटुलाई स्वस्थ राख्न खानामा नुनको मात्रा सन्तुलनमा राख्नुपर्छ ।
वाकवाकी लाग्नु- खानामा धेरै नुनले तपाईको पेटमा असंतुलन हुन सक्छ जसका कारण तपाईले वाकवाकीको समस्या सामना गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा खानामा नुनको मात्रालाई नियन्त्रण गर्नु जरुरी छ। साथै, यो महत्त्वपूर्ण छ कि तपाईंले पर्याप्त मात्रामा पानी खपत गर्नुहोस् ताकि तपाईंको शरीर हाइड्रेटेड रहन्छ।
