• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ग्रामीण क्षेत्रमा पनि बाँझोपनको समस्या बढ्दै


  •   शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
  • ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् ।

    Advertisement

    उहाँहरूले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताउनुभयो । चिकित्सकहरूका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कृति पाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भूमिका समान हुने बताउनुभयो । उहाँले विवाह पश्चात् पुरुषहरू वैदेशिक रोजगारीमा जानु पनि बाँझोपनको कारण रहेको औँल्याउनुभयो । उहाँले खाडी मुलुकमा गएका पुरुषहरू नेपालमा फर्किँदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकीट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताउनु भयो । डा.सुवेदीले एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म श्रीमान् श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौनसम्पर्क गर्दा पनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताउनुभयो । डा.सुवेदीले सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको बताउनुभयो ।

    डा.सुवेदीले भन्नुभयो, ‘सामान्य रूपमा बुझ्यौँ भने पनि महिलाको अण्डा चाहिँ एक महिनामा निस्किन्छ । करिब करिब ४८ घण्टा जति बाँच्छ । पुरुषको शुुक्रकिट चाहिँ एक पटक यौनसम्पर्क भयो भने ४८ देखि ७२ घण्टा बाँच्छ । फर्टाइल विन्डो भनेको करिब करिब चारदेखि पाँच दिन हुन्छ । यो बिचको बाहेक महिनाभर जति यौनसम्पर्क भए पनि बच्चा बस्ने वाला छैन । स्ट्रेसले अण्डाको क्वालिटी पनि घटाउँछ र वीर्यको क्वालिटी पनि घटाउँछ । हरेक पटक यौनसम्पर्क गर्ने बेलामा यो यौनसम्पर्कले बच्चा बसोस् भनेर श्रीमान्, श्रीमती दुवैले स्ट्रेस लिइरहनुभएको छ । अहिलेको अवस्था हेर्दा ग्रामीण तहका युवा पुस्तादेखि विदेश जानका लागि भिसा लाएपछि विवाह गर्ने हो, किनभने त्यो भन्दा अगाडि जागिरको टुङ्गो छैन । विवाह गरेको १५ दिनमा विदेश जाने हो । दुई वर्षमा आउने हो, दुई महिनाका लागि आउने हो । दुई महिनाको लागि बच्चा चाहियो । यो त प्रकृतिले नै नदिएको कुरालाइ जित्न नै सकिँदैन नि ! सरकारले प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसक्यो । त्यसमा पारामेडिक्सहरुले मज्जाले काउन्सिलिङ गर्न सक्नुहुन्छ । काउन्सिलिङ गर्न थालियो भने बिस्तारै बिस्तारै चेतना आउन थाल्छ । फाइदा बेफाइदाबारे जानकारी हुन्छ ।’

    वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताउनुभयो । डा.ठाकुरले निःसन्तानपनले मानसिक समस्या निम्त्याएको बताउनु भयो । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपनसम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।

    डा.ठाकुरले भन्नुभयो, ‘बाँझोपन थाहा पाउन महिला र पुरुषको जाँचहरू गर्छौँ । महिलाको हकमा पाठेघर र पुरुषको हकमा वीर्यको परीक्षण गरिन्छ । त्यसपछि महिलाको अण्डा कति बन्छ ? भिडियो एक्स-रे लगायत गरिन्छ । सुरुमा त बाँझोपनको कारण पत्ता लगाइन्छ । कारण पत्ता लगाइसकेपछि उपचारमा जान्छौँ । प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्न जरुरी छ जस्तो लाग्छ मलाई । जसलाई प्लान गर्नेछ उसलाई पनि प्रिकन्सेप्सनल काउन्सिलिङमा आएर कुरा गरौं । जसलाई निःसन्तानपनको समस्या देखिएको छ, स्वस्थ छौँ कि छैनौँ भनेर पनि प्रिकन्सेप्सनल काउन्सिलिङ आवश्यक पर्छ । जहाँ चाहिँ उनीहरू गएर कुरा गरुन् । अहिलेको काउन्सिलिङ आवश्यक परिरहेको छ ।’

    भ्रूण रोग विशेषज्ञ डा.विनीता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताउनु भयो । उहाँले निःसन्तान कसरी हुन्छ भनेर सुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो । थापाले निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट सुरु भई १३÷१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको बताउनु भयो । लामो समय लाग्ने हुँदा उपचारका लागि विकट ठाउँबाट आउनेहरूका लागि निकै समस्या हुने गरेको बताउनुभयो । उहाँले निःसन्तानबारे जनचेतना जगाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

    थापाले भन्नुभयो, ‘पुरुषमा उमेरले फरक नपारे पनि महिलामा चाहिँ उमेर सँगसँगै बाँझोपन हुने समस्या बढ्दै जान्छ भन्छौँ । वैदेशिक रोजगारीमा गएर आउनुभएका पुरुषहरूमा एउटा बच्चा पहिल्यै भइसकेको र एउटा बच्चा भएपछि विदेश जानुभयो, फर्केर आउनुभयो, बच्चा नै नबस्ने हुन्छ । सेवा लिन आउनु हुनेहरू भौँतारिनुपर्ने अवस्था पनि छ । सात वटै प्रदेशमा निःसन्तानपन क्लिनिक सुरु गर्ने भन्ने सरकारको योजनामा पनि छ । निःसन्तानपनको उपचार गर्न अलिक समय लाग्छ । निःसन्तान कसरी हुन्छ भनेर सुरुमा त जनचेतना जगाउन आवश्यक पर्छ जस्तो लाग्छ ।’

    बाँझोपन पछिल्लो केही वर्षयता सरकारको प्राथमिकतामा परे पनि यसको निराकरणका लागि सम्बद्ध निकायहरूले बन्न नसकेको चिकित्सकहरू बताउँछन् । न्युज एजेन्सी नेपालबाट

    शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.