• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा


  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
  • थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पु र्‍याउन लागिएको हो ।

    Advertisement

    अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बिरामीको चापलाई ध्यानमा राखेर शय्या थपेर अस्पताल सञ्चालन गर्नुपरेको बताउनुहुन्छ । उहाँका अनुसार सात सय शैय्याका सञ्चालन लागि आवश्यक जनशक्तिका माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) का लागि अनुरोध गरिएको छ ।

    सरकारले निःशुल्क शैय्या व्यवस्था गरेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । “पाठेघरका महिलालाई पनि शैय्या निःशुल्क गरेपछि बिरामीको सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “पहिला दिनमा ७० देखि ८० जना भर्ना हुन्थ्यो भने अहिले सयभन्दा बढी बिरामी भर्ना हुने गर्दछन् ।” बिरामीको चाप बढेपछि प्रसुति भएको महिनालाई आठदेखि १० घण्टामा नै घर पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

    अस्पतालमा एउटा मात्र भवनमा सबै सेवा दिइरहेको अस्पतालले कुपण्डोलमा बनिरहेको सय शैय्याको नयाँ भवनमा सर्ने तयारी गरेको छ । नयाँ अत्याधुनिक छ तले भवनमा चार वटा तलामा उपचार सेवा र दुई तला पार्किङ रहनेछ । नयाँ भवन बनेपछि अस्पतालले प्रसुति बाहेकका सबै सेवा उपलब्ध गराउने तयारी गरिएको छ । स्त्रीरोग, सुरक्षित गर्भपतन, टेष्टट्युव बेबी (आइभिएफ) र अरु सेवा त्यहीँबाट प्रदान गर्ने अस्पतालका निर्देशक डा. अधिकारीले जानकारी दिनुभयो । अस्पतालको भवन छ महिनाभित्र सक्ने गरी काम भइरहेको छ ।

    उहाँले प्रसूति बाहेकका सबै सेवा कुपण्डोलमा सारेपछि थापाथलीमा खाली हुने भवनमा प्रसूतिका बिरामीलाई क्याबिनमा राख्न सक्ने, सघन उपचार कक्ष (आइसियु) र नवजात सघन हेरचाह एकाइ (एनआइसियु)जस्ता सुविधा थप गर्ने योजना रहेको बताउनुभयो । अस्पतालमा अहिले १० शय्याको (एनआइसियु) र स्पेशल बेबी केयर युनिट ३० शय्या छ ।

    बाहिर अस्पतालमा धेरै महङ्गो उपचार हुने भएकाले अहिले बिरामीको पहिलो रोजाइ प्रसूति अस्पताल बनेको छ । “अन्य अस्पतालमा महँगाे उपचार रहेकाले धेरै बिरामीहरु हाम्रै अस्पतालको एनआइसियुमा उपचार गर्न आउने गर्दछन्,” उहाँले भन्नुभयो, “जटिल खालका रोगको उपचारका लागि पनि धेरै बिरामी आउने गर्दछन् । त्यसैले एनआइसियु शय्या थप्ने तयारीमा छौँ ।”

    उहाँका अनुसार अस्पतालले एक महिनाभित्र थप १० वटा एनआइसियु शय्या भेन्टिलेटरसहित सञ्चालनमा ल्याउनेछ । थप १० शय्या थप्दा धेरै नवजात शिशुलाई बाहिर अस्पतालमा रिफर गर्नु नपर्ने उहाँको भनाइ रहेको छ । बाहिर अस्पतालको एनआइसियु धेरै महङ्गो रहेको र प्रसूति अस्पतालमा भने एनआइसियु निःशुल्क छ ।

    काउण्टर थप्दै

    अस्पतालले बिरामी छिटो सेवा प्रदान गर्नका लागि काउन्टर थप्ने तयारी रहेको छ । बिरामीलाई दुई घण्टाभित्र उपचार गरेर घर फर्कन सकून् भनेर काउन्टर थप गरिएको उहाँ बताउनुहुन्छ । धेरै बिरामीको आउन थालेपछि एउटा पैसा तिर्ने काउन्टर र अर्को टिकटको काउण्टर थपिने भएको छ । यस्तै फार्मेसी पनि दुईटा काउन्टर थपेर तयारी छ ।

    अस्पतालले अहिले कुपण्डोलमा टेष्टट्युव बेबी (आइभिएफ) सेन्टर सञ्चालन गरेको छ । प्रत्येक दिन ७० जना निःसन्तान बिरामीको उपचार गर्ने गरेको छ । तीमध्ये सामान्य बिरामीलाई उपचार गरी घर पठाउने र आइभिएफका लागि भने महिना–महिनामा एक पटक कुपण्डोलस्थित अस्पतालबाट उपचार सेवा दिने गरेको जनाएको छ ।

    आइभिएफलाई व्यवस्थित गर्नका लागि नयाँ उपकरण खरिद गर्न थालेको बताउनुभयो । दूरबिनबाट शल्यक्रिया, ल्याप्रोस्कोपी विधिबाट पाठेघरको शल्यक्रिया, अण्डाको ट्युमर, सानासाना शिष्ट, बच्चा नहुने महिलालाई पाठेघरको उपचार अस्पतालले गरिरहेको छ । “पहिला हामीले महिलालाई सबै सेवा दिन सकेका थिएनौं” उहाँले भन्नुभयो, “हप्तामा छ वटासम्म दूरबिनबाट शल्यक्रिया गर्दछौं । चिरेर शल्यक्रिया पनि थुप्रै गर्दछौं ।”

    अस्पतालले निःसन्तान परिवारका लागि उपचारका लागि काठमाडौँ आउनु झन्झट हटाउन थालेको छ । सरकारले चारवटा आइभिएफ सेन्टर खोल्ने योजनासहित अस्पतालले बिरामीलाई काठमाडौँ आउनुपर्ने अवस्थाको अन्त्य गर्न थालेको हो । सरकारले निःसन्तान परिवारका लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशमा गरी चारवटा आइभिएफ सेन्टर स्थापना गर्ने तयारी गरेको छ ।

    आभिएफका लागि चिकित्सक, नर्स र ल्याबटेक्निसियनलाई चारवटै सेन्टरका दुई ब्याचको तालिम दिइसकेको छ । काठमाडौँ आउन झन्झटिलो, खर्चिलो हुने र उपचारमा बस्न पनि लामो समय लाग्ने भएकाले त्यहाँका बिरामीलाई उपचार गर्नका लागि हामीले स्वास्थ्यकर्मीलाई आइभिएफसम्बन्धी तालिम दिन शुरु गरिसकेको उहाँले बताउनुभयो । अब ८० प्रतिशत बिरामीलाई काठमाडौँ आउनुपर्ने झन्झट र खर्चिलो उपचार गर्नुपर्ने कम हुने उहाँको भनाइ छ । अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत छात्रवृत्तिमा १५ जना विद्यार्थीलाई एमडी अध्ययन पढाउन शुरु गरेको छ ।

    नियमित अडिट

    लामो समय अस्पतालमा बसेका बिरामीको नियमित अडिट गर्ने गरेको उहाँ बताउनुहुन्छ । के कारणले बिरामी लामो समय अस्पतालमा बस्नुपरेको भन्ने कुरा अडिटबाट थाहा हुने उहाँको भनाइ छ । “कुनै बिरामीे लामो समय अस्पतालमा के कारणले बस्नुप र्‍याे भनेर आन्तरिक अडिट गर्दछौं” उहाँले भन्नुभयो, “हाम्रै कारणले लामो समय बस्नुप र्‍याे कि हाम्रा के कमजोरी भएका छन्, कुन औषधि चलाउँदा राम्रो हुन्थ्यो कि त्यसको पत्ता लगाउनका लागि नियमित अडिट गर्दछौँ ।”

    अस्पतालले अहिले प्रसूतिसम्बन्धी र नवजात शिशुको उपचारको साथै आमा सुरक्षा कार्यक्रमअनुसार नवजात शिशु र गर्भवतीलाई सबै सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । “अस्पतालमा एउटा नर्सले १५ देखि २० गर्भवतीका बिरामी हेर्नु परेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अनुसार त्यो धेरै नै कमी हो । डब्लुएचओले एक जना नर्सले दुई गर्भवतीको उपचार गर्न सक्छन् भन्ने मापदण्ड छ,” उहाँले भन्नुभयो, “हामीसँग जनशक्तिको कमी छ ।”

    ‘ह्युमन मिल्क बैँक’ प्रभावकारी

    अस्पतालले एक वर्षअघि ‘ह्युमन मिल्क बैँक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र) प्रभावकारी दिेखिएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ ३ गते दूध खान नसक्ने शिशुलाई अरु आमाको दूध सङ्कलन गरेर खुवाउनेका लागि बैंकको शुभारम्भ गर्नुभएको हो । अहिले दैनिक १० जना आमाहरुले दूध दान गर्ने गरेका छन् ।

    समयभन्दा अगाडि जन्मेका, गम्भीर बिरामी भएका, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएका, आइसियुमा रहेका, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ । बैंकमा अहिलेसम्म ७४९ आमाबाट ४५६ लिटर आमाको दूध सङ्कलन गरिएको छ । यसमा ४४८.८८ लिटर आमाको दूध निर्मलीकरण गरी ८७३ शिशुलाई ३९९.८९ लिटर खुवाइएको बैंकका व्यवस्थापक स्मृति पौडेलले जानकारी दिनुभयो । रासस

    बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.