• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जथाभावी प्रतिजैविक प्रतिरोध औषधिको प्रयोग नगर्न चिकित्सकको सुझाव


  •   शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
  • पछिल्लो समय एन्टिमाइक्रोबियल रेजिस्टेन्स (प्रतिजैविक प्रतिरोध) एक विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा देखापरेको छ ।

    Advertisement

    जीवाणु विज्ञ डा. सन्तोष दुलालले जथाभावी एन्टिमाइक्रोबियल औषधिको प्रयोगले एन्टिमाइक्रोबियल रेजिस्टेन्स बढ्दै गएको बताउनुहुन्छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्स विश्वव्यापी १० मुख्य जनस्वास्थ्य समस्यामध्येको एक हो ।

    जथाभावी यस्ता औषधिको प्रयोग र पशुपन्छी, खेतीपातीमा अत्यधिक प्रयोगले यसको प्रभावकारिता घट्दै गएको डा. दुलालको तर्क छ।

    डा. दुलालका अनुसार एन्टिमाइक्रोबियल औषधि चार प्रकारका हुन्छन् । एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफङ्गल, एन्टिप्यारासाइटिक पर्दछन् । यस्ता औषधिले गम्भीर सङ्क्रमणबाट जीवन बचाउन प्रयोग गरिन्छ ।

    उहाँ भन्नुहुन्छ,“एन्टिबायोटिक यो औषधि ब्याक्टेरियाबाट लाग्ने रोगका विरुद्ध, एन्टिभाइरल भाइरसका विरुद्ध, एन्टिफङ्गसबाट हुने रोग विरुद्ध र एन्टिप्यारासाइटिक औषधि कालजार रोगका विरुद्ध काम गर्दछन् ।”

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार एन्टिमाइक्रोबियल रेजिस्टेन्सका कारण हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु हुने गरेको छ । यसको नियन्त्रणको लागि ठोस कदम नचाल्ने हो भने मृत्युको सङ्ख्या बढेर सन् २०५० सम्ममा वार्षिक एक करोड पुग्ने र सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने डब्लुएचओले चेतावनी दिँदै आएको छ ।

    के हो एन्टिमाइक्रोबियल रेसिस्टेन्स ?

    ब्याक्टेरिया र भाइरस, डुस्सी, कालाजार विरुद्धमात्र प्रयोग गर्ने औषधि जथाभावी प्रयोग गर्दा शरीरमा भएका ब्याक्टेरिया, भाइरसका सूक्ष्म जीवाणु शक्तिशाली भएर औषधिले काम नगर्ने अवस्थालाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स अथवा प्रतिजैविक प्रतिरोध भनिने जीवाणु विज्ञ डा. दुलालको भनाइ छ ।

    वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकारले एन्टिमाइक्रोबियल औषधिको अपूर्ण र अनियमित प्रयोगले रोग लगाउने जीवाणुमा प्रतिरोध क्षमता विकास भएर एन्टिमाइक्रोबियल रेसिस्टेन्स हुने जानकारी दिनुभयो ।

    उहाँ भन्नुहुन्छ, “औषधिले काम नगर्दा सम्बन्धित रोगको उपचार गर्न गाह्रो हुन्छ । सोही कारण रोग फैलिँदै गएर गम्भीर रोगमा परिणत हुँदै मृत्युको जोखिम हुन्छ ।”

    औषधिको प्रयोग पशुपन्छी र खेतीपातीमा अत्यधिक प्रयोग गर्दा मानिसले अप्रत्यक्ष रुपमा औषधिको सेवन गर्ने भएकाले पनि प्रभावकारिता घट्दै गएको विज्ञ बताउँछन् । पशुपन्छीको तौल वृद्धि र विकास गर्न दानामा प्रयोग गर्ने, बोट बिरुवामा मलको रुपमा प्रयोग गर्ने प्रतिजैविक औषधिको जथाभावी वातवरणमा बिसर्जन गर्नाले यस्तो प्रभावकारिता घट्दै गएको डा. दुलालको भनाइ छ ।

    यस्ता औषधि तीन भागमा विभाजन विभाजन गरिएको छ । चिकित्सकले पहिलो वर्गीकरणले काम नगरेपछि मात्र दोस्रो वर्गीकरणको सिफारिस गर्नुपर्ने हुन्छ । दोस्रोले पनि काम नगरेपछि मात्र तेस्रो प्रकारको औषधि सिफारिस गर्नसक्ने व्यवस्था छ ।

    विशेषगरी, घाँटी, निमोनिया, पिसाबबाट पेटमा हुने सङ्क्रमणको निवारणमा यस्ता औषधि प्रयोग गरिन्छ । सङ्क्रमणको किसिम र अवस्था हेरेर विभिन्न आधारमा फरक खालका एन्टिबायोटिक प्रयोगमा ल्याइन्छ ।

    जथाभावी औषधि प्रयोग कसरी भएको छ ?

    मानिसले प्रत्यक्ष अपत्यक्ष रुपमा एन्टिमाइक्रोबियल औषधिहरु प्रयोग भएको देखिन्छ ।

    डा. दुलाल भन्नुहुन्छ, “मलको रुपमा तरकारी, फलफूल, धान गहुँजस्ता खाद्यानको प्रयोग गर्ने भएकाले खाना, जनावर पशुपन्छीको अनावश्यक तौल वृद्धि गर्न प्रयोग गर्दा दूध, दही, अण्डा जस्ता माध्ययमबाट मानिसले अप्रत्यक्ष रुपमा यस्ता औषधिको सेवन गर्ने गरेको पाइएको छ ।”

    डा. दुलालका अनुसार भाइरल इन्फेक्सन अर्थात् रुघाखोकी सामान्यतया ३ दिनमा निको हुन्छ । ५० प्रतिशत मानिस सामान्य रुघाखोकी लाग्दा चिकित्सकको सल्लाह विना एन्टिबायोटिक औषधि खाने गरेको अध्ययनले देखाएको छ ।

    आवश्यक नभएको अवस्थामा यस्ता औषधिको प्रयोग गर्दा क्षमता स्वतः घट्दै जाने जीवाणु विज्ञ डा. दुलाल बताउनुहुन्छ । चिकित्सकले सिफारिस गरेर औषधि पूर्णरूपमा सेवन नगर्नु एन्टिमाइक्रोबियल रेसिस्टेन्स हुनुको अर्को मुख्य कारण रहेको डा. दुलालको तर्क छ ।

    एन्टिमाइक्रोबियल रेसिस्टेन्स हुन नदिन के गर्ने ?

    डा.दुलालका अनुसार हाल प्रयोग हुँदै आएका एन्टिमाइक्रोबियल औषधि धेरै समयअघि विकास भएका र बजारमा नयाँ एन्टिबायोटिकको अभावले ‘एन्टिबायोटिक रेसिस्टेन्स’ बढ्दै गएको हो ।

    उहाँ भन्नुहुन्छ,“पहिले बनेका औषधिले काम गर्न छोड्दै जाने र नयाँ औषधि नबन्ने हो भने आउने पुस्तालाई सामान्य घाउँ चोट लाग्द पनि मृत्युको मुखमा पुग्न बाध्य हुने भएकाले चक्लेट जसरी यस्ता औषधि खाना बन्द गरौँ”

    एन्टिमाइक्रोबियल रेसिस्टेन्स हुन नदिन यो विषयमा अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्क्रमित भएमा आफूखुसी औषधि किनेर नखाई चिकित्सकको सिफारिसमा सही तरिकाले औषधिको सेवन गर्न वरिष्ठ औषधि व्यवस्थापक तण्डुकारको सुझाव छ ।

    चिकित्सकका अनुसार सङ्क्रमणजन्य रोग औषधि सेवन गरेको केही दिनमा आफैँ निको भए पनि औषधि बिचमा नछोडी पूर्णरुपमा सेवन गर्नुपर्छ ।

    खाना बाँकी रहेको प्रतिजैविक औषधि पुनः प्रयोग नगर्न र अन्य व्यक्तिलाई पनि प्रयोग गर्न नदिन डा. दुलालको अनुरोध छ । पशुपन्छी बिरामी पर्दा पशु विज्ञको सिफारिसमा, बोटबिरुवामा पनि जथाभावी यस्ता औषधिको प्रयोग नगर्न उहाँले अनुरोध गर्नुभएको छ ।

    शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.