• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’बाट कसरी बचाउने?


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • जाडो मौसममा पाँच वर्षमुनिका बालबालिका निमोनिया, रुघाखाेकी, झाडापखाला, वान्ता जस्ता स्वास्थ्य समस्याबाट प्रभावित हुने गर्दछन् । कान्ति बाल अस्पतालका निर्देशक डा.पङ्कज राय जाडाे बढेसँगै अस्पतालमा बिरामी बढ्दै गएको बताउनुहुन्छ ।

    Advertisement

    कान्ति बाल अस्पतालमा गरिएको एक अध्ययनले पखाला लागेर अस्पतालमा भर्ना हुने पाँच वर्षमुनिका बच्चामध्ये २१ देखि ३८ प्रतिशत बच्चाहरू ‘रोटा भाइरस’ सङ्क्रमित रहेको निर्देशक रायले बताउनुभयो । उहाँले रोटा भाइरसको कारणबाट पखालाका बिरामी भर्ना भएको पाइएको जानकारी दिनुभयो । नेपालमा सरदर चार लाखभन्दा बढी बालबालिकालाई रोटा भाइरसको सङ्क्रमण हुने अनुमान गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार पाँच वर्ष मुनिका बच्चाको कुल मृत्युमध्ये नौ प्रतिशत मृत्यु झाडापखालाकाे कारणले गर्दा हुन्छ । विश्वमा रोटा भाइरसको सङ्क्रमणबाट बर्सेनि झन्डै साढे चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

    कोल्ड डाइरिया भनेको के हो ?

    जाडो मौसममा बालबालिकालाई हुने झाडापखाला, वान्ता कोल्ड डाइरियाका कारण हुने गर्छ । बालरोग विशेषज्ञ डा.स्मृति माथेमाका अनुसार कोल्ड डाइरिया रोटा भाइरसको सङ्क्रमणका कारणले लाग्ने गर्छ । यो भाइरस जाडो मौसममा सक्रिय हुने हुँदा कोल्ड डाइरियाका बिरामी बढ्ने डा.माथेमा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रोटा भाइरसबाट हुने कोल्ड डाइरिया तीन महिनादेखि पाँच वर्षसम्मका बालबालिका बढी सङ्क्रमित हुन्छन् ।”

    एक वर्ष मुनिका बच्चा सङ्क्रमित भएमा जटिल स्वास्थ्य समस्या निम्तने गर्छ । डा.माथेमाका अनुसार कोड डाइरिया सुरुमा वान्ताबाट सुरु भई २४ घण्टाभित्र झाडापखाला लाग्ने गर्छ । दिनभरिमा १० पटकभन्दा बढी पातलो दिसा र वान्ता भएमा रोटा भाइरस भएको अनुमान गर्न सकिने उहाँ बताउनुहुन्छ ।

    वान्ता हुने, झाडापखाला लाग्ने, पेट दुख्ने, ज्वरो आउने यो भाइरसका प्रमुख लक्षण हुन् । यो भाइरसबाट सङ्क्रमित भएका बिरामी विशेषगरी पाँचदेखि सात दिनमा निको हुने गर्छ । सरसफाइको कमीले यो रोग लाग्ने चिकित्सकको भनाइ छ । उहाँका अनुसार रोटा भाइरसबाट इन्फेक्सन भएका बिरामीको दिसाबाट दूषित खाना र पानीको माध्यमबाट सर्दछ ।

    उहाँ भन्नुहुन्छ, “सङ्क्रमित बच्चाको दिसा धोएको हात नधोई नाक मुखमा छोएमा वा हात नधोई खाएमा कीटाणु नाक मुखबाट छिरेर सङ्क्रमण हुने गर्छ ।”

    धेरैजस्तो रोटा भाइरसबाट भएको सङ्क्रमण घरमा नै निको बनाउन सकिने डा.माथेमा बताउनुहुन्छ । लगातार झाडापखाला हुँदा जल वियोजन हुन्छ । जल वियोजनबाट बचाउन बिरामी बच्चालाई बेला-बेलामा जीवनजल, दालको रस, फलफूलको रस खुवाउने र दुध चुसाउने गर्नुपर्छ । त्यस्तै, धेरै वान्ता भएमा चिकित्सकको सल्लाहमा वान्ता रोक्ने औषधि खुवाउन चिकित्सकको सुझाव छ ।

    बच्चालाई हेलचेक्राइँ गरेमा आन्द्रामा सङ्क्रमण भई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था सिर्जना हुने र बच्चाको अकालमै मृत्यु पनि हुन सक्छ । त्यसैले सङ्क्रमित बच्चा धेरै रोएमा, लामो समय पिसाब भएमा, कम्पन भएमा बच्चा शिथिल भएमा तुरुन्त अस्पताल लैजान डा. माथेमाको सुझाव छ ।

    यो सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको सरसफाइमा ध्यान दिनु नै हो । उहाँ भन्नुहुन्छ, “यो सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको सरसफाइ र यस विरुद्धको खोप नै हो। त्यसैले बच्चाको दिसा सफा गरेपछि मिचिमिची हात धुनुपर्छ ।”

    यसबाट बचाउन बच्चालाई सरसफाइ र पौष्टिक खानामा पनि ध्यान दिन चिकित्सकको सुझाव छ । सरकारले कोल्ड डाइरियाबाट हुने मृत्युदरलाई कम गर्ने उद्देश्यले राष्ट्रिय खोप तालिकामार्फत बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप दिँदै आएको छ । उक्त खोप सरकारले बच्चा जन्मिएको ६ हप्ता र १० हप्तामामा दुई डोज मुखबाट खुवाउने गर्छ ।

    यो खोप ८५ देखि ९५ प्रतिशतसम्म रोटा भाइरस सङ्क्रमणलाई रोक्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार यो खोपले भाइरसबाट हुने पखालाबाट बचाउँछ ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.